प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर्खाहरूको योगदान स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति संवेदनशील हुनुपर्ने धारणा राखे । उनले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवरलगायतले देशको रक्षाका लागि गरेको […]











