१३ असार २०८३, शनिबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुराको स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

बाजुरा । बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो सङ्ख्यामा बाख्रा मरेका हुन् । अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुईजना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संरचनाको दिगो सञ्चालनका लागि उपभोक्ताको सक्रियता जरुरी

सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले खानेपानी तथा सरसफाइका संरचनाको दिगो सञ्चालनका लागि उपभोक्ताको सक्रिय भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् । खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका लागि फ्ल्यागशिप कार्यक्रम तर्जुमा सम्बन्धी प्रदेशस्तरीय परामर्श गोष्ठीमा मन्त्री बुढाले खानेपानी संरचना निर्माण पछि रेखदेख, संरक्षण र दिगो व्यवस्थापनमा उपभोक्ताले अपनत्व लिनुपर्ने बताइन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, ताताबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ । बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल परिसरमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने तथा उपचार प्रक्रियामा अवरोध पुन्याउने गुनासो बढेको जनाएको छ । मन्त्रालयका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय 

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ । बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अब अनलाइनबाटै धितो बन्धकी हुने

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो कदम चालिएको हो । अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले गर्ने धितो रोक्का तथा फुकुवाका सम्पूर्ण कार्यहरू फेसलेस र […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुजमा इरान नझुक्ने, ट्रम्पद्वारा नाकाबन्दीको बचाउ

तेहरान । इरान र अमेरिकाबिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ । इन्स्टिच्युट फर द स्टडी अफ वारको प्रतिवेदन अनुसार, इरानी रिभोलुसनरी गाड्र्सका प्रमुख जनरल अहमद वाहिदीको कट्टरपन्थी धारणा अहिले तेहरानमा हाबी भएको छ । इरानले अमेरिकाले आफ्नो बन्दरगाहमा लगाएको नौसैनिक नाकाबन्दी नहटाएसम्म […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित मध्यम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज नरसिंह जयन्ती मनाइँदै

काठमाडौं । आज नरसिंह जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ । यो पर्व भक्ति र असत्यमाथि राम्रोको विजय, अधर्ममाथि धार्मिकताको विजय, सत्य र न्यायको प्रतीक हो । नरसिंह अवतार भगवान् विष्णुको चौँथो अवतार हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएकी छन् । मालपोत कार्यालयहरूमा पछिल्लो समय सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै गएपछि मन्त्रालयले तत्काल समस्या पहिचान र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम पदार्थमा लाग्दै आएका विभिन्न करहरू हटाउन सरकारसँग माग गर्दै पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् । आइतबार आयोजित प्रेस मिटमा उनीहरूले ‘महँगीको मारमा सुशासन फरार’ नामक अभियान सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर संरचनामा पुनरावलोकन गरी तत्काल जनतालाई राहत दिनुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले अभियान […]

बागमती विशेष समाचार समाचार

शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर’ मोड्युलको तालिममा सहभागी विद्यार्थीद्वारा सिर्जना गरिएका कलाकृतिलाई समेटेर गरिएको शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ बुधवारबाट प्रतिष्ठानमा सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आइतबार बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी विभिन्न विषयमा निर्णय गरेको हो। बैठकले तामाङलाई पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्वक भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा यसअघि स्पष्टिकरण सोधिएकोमा उनले दिएको जवाफ प्रारम्भिक […]