९ आश्विन २०८३, शुक्रबार
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि जीर्ण र हिलाम्मे बनेको सडकप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मंगलबार सडकमै धान रोपेर विरोध जनाएका छन् । वर्षाको समयमा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांकेतिक विरोधस्वरूप सडकलाई नै खेत बनाएर रोपाइँ गरेका […]

बागमती मुख्‍य समाचार समाचार

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । सोमबार चीनको राजधानी बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट्घाट गरेका छन् । चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै सबै नेपाली जनताप्रति मैत्रीपूर्ण नीति अपनाएको जानकारी दिए । भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल छिमेकी रहेको स्मरण […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत सरकारी मेसेजिङ प्लेटफर्म विकास गर्ने घोषणा गरेसँगै नेपालको प्रविधि क्षेत्रमा एक नयाँ र गम्भीर बहस सुरु भएको छ । सरकारी सफ्टवेयर आयोजनाहरूलाई केन्द्रीकृत गर्न, साइबर सुरक्षा सुदृढ बनाउन र डिजिटल रूपान्तरणलाई छिटो—छरितो बनाउने लक्ष्यका साथ यो कदम चाल्न लागिएको सरकारको […]

बागमती मुख्‍य समाचार समाचार

सेलिब्रेटीलाई भेट्ने सपना थियो, ‘जुरी’ आफैं सेलिब्रेटी बने

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित खरीबोट चोक नजिकै बिहानैदेखि मानिसहरूको भीड लाग्न थाल्छ । कोही कलाकार, कोही पत्रकार, कोही व्यवसायी र कोही सामान्य ग्राहक । सबैको गन्तव्य एउटै हुन्छ-एउटा सानो सैलुन, जहाँ कैँची चलाउने हातमाथि उनीहरूको असाधारण विश्वास छ । त्यो हात हो, जुरी ठाकुरको आज उनलाई भेट्न पालो कुर्नेहरूमा चर्चित कलाकारदेखि प्रभावशाली व्यक्तित्वसम्म पर्छन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रामुदामुलाई नियुक्ति गरेका हुन् । नवनियुक्त अध्यक्ष रामुदामुलाई तोकिएको समयभित्र संगठनको महाधिवेशन सम्पन्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ । हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ । रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्समा निर्भर सबै परिवारको सहयोग र समर्थनका लागि यो दिवस मनाउने गरेको हो । यो दिवस सबै भन्दा पहिला २०१५ मा मनाउन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो

बाँके । बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । घर भत्काइएको एक महिना बितिसक्दा पनि राज्यले स्थायी बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न कुनै ठोस पहल नगरेको भन्दै प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । प्रभावित परिवारहरूले […]

कोशी मुख्‍य समाचार समाचार

कोशीको बजेटमा प्रतिपक्ष असन्तुष्ट, निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणलाई मूल लक्ष्य बनाएको सरकारले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न भएको खेल १–१ को बराबरीमा सकिएको हो । खेलको पहिलो हाफमा साउदी अरबले प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ४१औं मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई १–० को अवस्थामा पु¥याएका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ । जसअनुसार आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पेट्रोलियम पदार्थको मूल्य स्थिर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ । निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र […]