१८ चैत्र २०८२, बुधबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सर्लाही– ४ : गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए

सर्लाही । कांग्रेसका सभापति गगन थापाबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका– ५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आज पुनः आफ्नै पुरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन् । जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्याग गरी पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा पनि जसपालाई नै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा

काठमाडौँ, १६ माघ ः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छ । सहिद दिवसका अवसरमा उनहरुको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै उनले सहिदहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी अमेरिका, १६ माघः अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौँ, १६ माघः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेस रामेछापले सोमबारदेखि घरदैलो अभियान थाल्ने

रामेछाप । नेपाली कांग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ । पार्टीले माघ १९ गतेबाट सुरु हुने प्रचारका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्न लागेको जनाएको छ । त्यसको लागि नेताहरूलाई जिम्मेवारी दिन कांग्रेस शनिबार पूर्ण बैठक आह्वान गरिसकेको छ। बैठकमा जिल्लाका सबै तहका नेता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नालापानी युद्धका वीर सुवेदार दयाराम खड्काको योगदानबारे संसदीय समितिमा छलफल

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नालापानी युद्धका वीर सुवेदार दयाराम खड्काको योगदानबारे छलफल भएको छ । बैठकमा इतिहासविद् श्रीरामप्रसाद उपाध्यायले पाठ्यक्रममा सुवेदार दयाराम खड्काको योगदान समेटिनुपर्ने आवश्यकता औँल्याएका छन् । उपाध्यायले सुवेदार दयाराम खड्काको नाममा वृत्तचित्र निर्माण गर्नुपर्ने साथै नेपाल टेलिभिजन, रेडियो तथा विभिन्न पत्रपत्रिकामार्फत राष्ट्रिय विभूति दयाराम खड्काबारे वार्ता र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको सबै क्षेत्रको अध्याँरो छाएको बताएका छन् । बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए । उनले भने, ‘अब अहिले बत्ति गएपछि सम्झिँने नाम कुलमान भएको छ । सबै क्षेत्रको अध्याँरो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् । स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेको हो । साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरुले आआफ्ना […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाकै तीन लाख ३९ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । हो इतिहासकै उच्च मूल्य हो । महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार […]

बागमती मुख्‍य समाचार समाचार

शैलुङ क्षेत्रमा हिजोबाट हिउँ पर्न सुरु

रामेछाप । रामेछापको शैलुङ क्षेत्रमा हिजोबाट हिउँ पर्न थालेको छ । शैलुङमा यो यस वर्षकै पहिलो हिमपात हो । हिउँले शैलुङ क्षेत्रका डडुवा, गौश्वारा लगायतका गाउँ र डाँडाहरू सेताम्मे भएका छन् । हिउँ परेसँगै शैलुङ क्षेत्र रमणीय भएको छ । शैलुङको खोलाखर्क, बागढुङ्गा लगायतका क्षेत्रमा हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले बताए । हिउँ परेसँगै स्थानीय […]

बागमती मुख्‍य समाचार समाचार समाज

हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थलको कार्यालय बन्द

काठमाडौं । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थलको कार्यालय बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपछि यात्रुहरूको सुरक्षाको लागि विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी गराएको छ । काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार पनि खुल्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । आज बिहिबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरेर दुई समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को वारेमा छलफल गर्ने कार्यसूची रहेको […]