१९ आश्विन २०८३, सोमबार
बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

तिजले छोप्यो, चुरा–पोतेको व्यापार चम्कियो 

काठमाडौं । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व तिजले छपक्कै छोपेको छ । साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा चहलपहल उसैगरी बढेको छ । देशभरका बजारमा रहेका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ । व्यापारी व्यस्त भएका छन् । काठमाडौं उपत्यकाको इन्द्रचोक, असन, न्यूरोड, मंगलबजार, लगनखेललगायतमा तिजको किनमेल गर्नेहरुको भीड बढेको छ । उसो […]

खेलकुद मुख्‍य समाचार

टप एण्ड टी–२० सिरिज : नेपाल एक रनले पराजित

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्स नेपालमाथि एक रनले विजय भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको हो । शुक्रबार भएको खेलमा टस हारेर बलिङ गरेको नेपालले पाकिस्तानले दिएका १४४ रनलाई पछ्याउँदै १४३ रन मात्र बनाई नेपाल पाकिस्तान शाहीन्ससँग […]

बागमती मनोरन्जन मुख्‍य समाचार

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ, ६ भदौः आजदेखि तीन नेपाली चलचित्र ‘माग्ने राजा’ , ‘ताराहरू’ र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ प्रदर्शन भएका छन् । आउँदो तीजलाई लक्षित गर्दै एकसाथ तीन नेपाली चलचित्र प्रदर्शन भएका हुन् । भिन्न विधाका रहेकाले तीनै चलचित्रले दर्शकको माया पाउने विश्वास चलचित्र कर्मीको छ । असार र साउनमा नेपाली चलचित्रको प्रदर्शनको सङ्ख्या कम […]

बागमती समाचार

समाचार खण्डन प्रकाशित गरिएको सम्बन्धमा

काठमाडौँ । सामाजिक न्याय र महिला सशक्तिकरण र हिंसा विरुद्धको चेतना जगाउने उद्देश्यका साथ सक्रिय आमाहरुको यो समुहले घरेलु हिंसा तथा समाजमा व्याप्त विकृति विरुद्ध गस्ती, कानुनी सहयोग, चेतना कार्यक्रम लगायत अनेक सकरात्मक क्रियाकला गर्दै आएको प्राप्त जानकारी अनुसार यसअघि प्रकाशित ‘पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानिय आक्रोशित’ प्रकाशित समाचार सन्तुलित […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौँ, ६ भदौः पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स एब्टो बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर […]

मधेश मुख्‍य समाचार राजनीति

कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

रौतहट । नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन । नेपाली कांग्रेसका केन्द्रीय सभपाति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले  राजीनामा पत्र बुझाएका हुन् । तत्कालिन मनुस्मारा सिँचाई आयोजनाको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता मुद्दामा विशेष अदालतले केही समयअघि दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले समेत विशेषको फैसला सदर गर्दै […]

मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव

जनकपुर । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोज कुमार यादवलाई दिइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको मलेसिया भ्रमणका लागि आज जान लागेका छन् । सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम […]

बागमती मुख्‍य समाचार

एम्बुलेन्स चालकले बुझाए ज्ञापनपत्र

चितवन, ६ भदौः देशभरका एम्बुलेन्स चालकले आज एकै पटक ४० जिल्लामा ज्ञापनपत्र बुझाएका छन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको आह्वानमा चितवनसहित विभिन्न जिल्लामा ज्ञापनपत्र बुझाइएको हो । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य ऐन २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, […]

कोशी मुख्‍य समाचार समाचार

निसन्तान उपचार क्लिनिकबाट राहत

विराटनगर, ६ भदौः कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन आइयूआई सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याबाट पीडित दम्पतीलाई राहत पुगेको छ । अस्पतालमा यो सेवा सुरु भएदेखि दैनिक १० देखि १५ निःसन्तान दम्पती उपचारका लागि आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको […]

बागमती मुख्‍य समाचार राजनीति

कृषि र शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा

काठमाडौँ, ६ भदौः प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा समितिका प्रतिवेदन पेस गरिएका छन् । सभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरेका छन् । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको […]

बागमती मुख्‍य समाचार राजनीति

एमाले पछाडि परेको भए हामी कान समातेर उठबस गर्छौं : डा.भट्टराई

रामेछाप । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले नेकपा एमाले देशको विकास, समृद्धि र राष्ट्र हितको पक्षमा उभिने पार्टी भएको बताएका छन् । नेकपा एमाले रामेछापको पाँचौँ पूर्ण बैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै भट्टराईले विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी नेकपा एमाले नै भएको बताए । भट्टराईले एमाले सरकारमा हुँदा […]

मुख्‍य समाचार लुम्बिनी समाचार

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

लुम्बिनी ६, भदौ ः लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरी, दाङमा आज बसेको बैठकले प्रदेशको विकाससँग सम्बन्धित प्रमुख विषयहरू सङ्घीयस्तरमा उठाउने निर्णय गरेको हो । बैठकले ढुङ्गा, गिट्टी, बालुवाबाट प्राप्त […]