२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५ रुपैयाँ, आलु […]

बागमती मुख्‍य समाचार समाचार

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । श्रीमान् भने घाइते भएका छन्। आइतबार बिहान सदरमुकाम मन्थलीबाट  हटौँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीहरुको ज्यान गएको हो। दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

क्यानडामा मनाइयो जनै पूर्णिमा

अटवा । यो वर्षको जनै पूर्णिमा अटवामा उत्साहपूर्वक मनाइएको छ। अटवा, कर्नवाल,  किङ्स्टन लगायतका स्थलहरुबाट आएका झन्डै ३५० जना सहभागीहरूले टोरन्टोमा बसोबास गर्नु हुने  शास्त्री धर्मदास बुढाथोकीको मार्गदर्शनमा पशुपतिनाथ आरती गाएका थिए । मुख्य पण्डितहरू शास्त्री धर्मदास बुढाथोकी, देवनारायण अधिकारी, र पत्रकार शालिग्राम अर्यालद्वारा रुद्री पूजा,  जनै फेर्ने  र रक्षाबन्धन कार्यक्रम सम्पन्न गरिएको थियो । […]

बागमती मुख्‍य समाचार समाचार

कृषि समितिको बैठक बस्दै,भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने

काठमाडौँ। आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।  

बागमती मुख्‍य समाचार समाचार

गाईजात्रा : अश्लीलताले स्थान पाउँदा मौलिकता गुम्ने चिन्ता

काठमाडौं । गाईजात्रा नेपालको समृद्ध संस्कृति र परम्पराको एउटा अनुपम उदाहरण हो । जसले दुःख, पीडा र शोकलाई सामूहिक अनुभूति र सामाजिक चेतनाको पर्वमा रूपान्तरण गर्न सफल भएको छ । नेपाली समाजमा मृत्युजस्तो गहिरो विषयलाई पनि कलात्मक, भावनात्मक र सामाजिक सन्देशयुक्त ढङ्गले प्रस्तुत गरिने गाईजात्रा हिन्दू संस्कार अनुसार गाईलाई माता र पृथ्वीको प्रतीक मानिन्छ । […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाज

आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

काठमाडौँ। आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत पर्व ‘गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदैछ। गाईजात्रा खासगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने गरिन्छ । गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा […]

मुख्‍य समाचार विशेष समाचार समाचार

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको गाईजात्रा पर्व हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको बताएका छन् । आइतबार गाईजात्राको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो : सभापति देउवा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताएका छन् । आइतबार शुभकामना सन्देश मार्फत उनले मौलिक पर्वहरू पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ३ जना गम्भीर घाइते

कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेको समयमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा […]

मुख्‍य समाचार समाचार

एलएलडिसीको तेस्रो सम्मेलनस् नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

काठमाडौं । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गरी आज स्वदेश फर्किएपछि परराष्ट्र मन्त्रालयले सूचना तथा प्रसारण विभागको सहयोगमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूलाई विकास साझेदारहरुले थप सहयोग गर्नुपर्नेमा […]

मुख्‍य समाचार समाचार

एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट स्वदेश फिर्ता

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, […]

मुख्‍य समाचार समाचार

आज जनै पूर्णिमा, देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै, तराईमा राखी बाँधिदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा […]