१९ आश्विन २०८३, सोमबार
कोशी मुख्‍य समाचार समाचार

अलैँचीको निर्यात दोब्बरले बढ्यो

भद्रपुर झापा, ६ भदौः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा रु ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको हो । गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको […]

बागमती मुख्‍य समाचार समाचार

सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ

काठमाडौँ, ६ भदौः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उनले सबैको सामाजिक सुरक्षाका लागि कोषमा लैजाने गरी आवश्यक व्यवस्था गर्न लागिएको बताएका हुन् । मन्त्री भण्डारीले हालसम्म वैदेशिक रोजगारमा जानेहरूमध्ये १८ लाख ३५ हजार कोषमा […]

बागमती मुख्‍य समाचार राजनीति

ओलीले शपथ लिने दिन ग्रहको स्थिति मजबुत थियो, कुर्सी छाड्ने छैनन्’

विद्या भण्डारीलाई कसैले रोक्न सक्ने देखिदैन् : वरिष्ठ ज्योतिष डा.अधिकारी काठमाडौं । वरिष्ठ ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्री हुन नसक्ने दाबी गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा पण्डित डा.अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सजिलोसँग सभापति देउवालाई कुर्सी हस्तान्तरण गर्ने संभावना नदेखिएको उनको जिकिर छ । नेपाली नेता र […]

मधेश मुख्‍य समाचार समाचार

शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन

सिरहा । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकको केही नीतिगत प्रावधानले गुणस्तरीय शिक्षा र निजी विद्यालयको अस्तित्व नै संकटमा पार्ने भन्दै निजी विद्यालय सञ्चालक संघ प्याब्सनले शुक्रबार लहानमा शान्तिपूर्ण विरोध र्याली निकालेको छ । ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। संघले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

माल्टाबाट कुलमानले भने : उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ

माल्टा । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन् । एनआरएनए माल्टा तथा तामाङ समाज माल्टाद्वारा संयुक्तरुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए । मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न […]

बागमती मुख्‍य समाचार समाचार

नव आर्दशले बार्षिकोत्सवसँगै पोखरामा तीज महोत्सव गर्ने

काठमाडौं । कास्की जिल्लामा नव आर्दश सामूदायिक विकास समाजले आफ्नो बार्षिकोत्सवको अन्तिम तयारी गरेको छ । ‘मौलिक संस्कृतिको जर्गेना गरौं’ भन्ने नाकाका साथ नव आदर्श सामूदायिक विकास समाज लामाचौर पोखराले संस्थाको २९ औं बार्षिकोत्सव समारोह एवं २७ औ संस्करणको लामाचौर तीज महोत्सव २०८२ को आयोजना गर्न लागेको हो । सस्थाले स्थापनाकालदेखि नै प्रत्येक बर्ष तीज […]

गण्डकी मुख्‍य समाचार

आमा समूहद्वारा क्यान्सरपीडितलाई सहयोग

गण्डकी, ६ भदौः पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई आर्थिक सहयोग गरेको छ । समूहको २३औँ वार्षिक साधारणसभा तथा हरितालिका तीजका अवसरमा आयोजित तीज विशेष कार्यक्रममा आज चार जना क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको हो । उनीहरूलाई जनही रु २५ हजारका दरले रु एक लाख सहयोग गरिएको हो । कार्यक्रममा समूहका ज्येष्ठ सदस्य, […]

बागमती मुख्‍य समाचार समाचार

नयाँ संसद् भवनको डेमो प्रदर्शन

काठमाडौँ, ६ भदौः नयाँ संसद् भवनको ‘कन्फ्रेन्सिङ सिस्टम’बारे आज परीक्षण गर्दै ‘डेमो’ प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद् भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ । विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसद्मा प्रयोग गरिएको शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए । नयाँ संसद् भवनमा प्रविधिका बारेमा आज उपप्रधानमनत्री एवम् शहरी विकासमन्त्री […]

बागमती मुख्‍य समाचार राजनीति

दक्ष जनशक्तिबिना विकास सम्भव छैनः मन्त्री खड्का

खाँदबारी सङ्खुवासभा, ६ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन् । सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित ‘२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा मन्त्री खड्काले परम्परागत शिक्षाले मात्र नपुग्ने उल्लेख गर्दै उनले प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव […]

बागमती मुख्‍य समाचार राजनीति

‘प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाइयोस्’

काठमाडौँ, ६ भदौः सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसदहरुले उठेर विरोध जनाए । सभामुख घिमिरेले रास्वपाका सांसद निशा डाँगीलाई बोल्न समय दिए । सांसाद डाँगीले संसद् बहिष्कार […]

बागमती मुख्‍य समाचार राजनीति

परिणाम आउनेगरी जनताको पक्षमा काम गर्न मन्त्री सुडीको निर्देशन

काठमाडौँ, ६ भदौः महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी द्रूत गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष २०८२÷८३ को कार्यसम्पादन सम्झौता कार्यक्रममा उनले भने, “मैँले तपाईं कर्मचारी र सचिवालयमा कार्यरत मेरा सहयोगीहरुको भरमा प्रधानमन्त्रीसँग कार्यक्रमको सम्झौता गरेको छु, यो सबै गर्न म […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग

काठमाडौँ, ६ भदौः सांसदहरुले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा जोडदारका साथ उठाएर समाधान खोज्न आग्रह गरे । सांसद घनश्याम रिजालले भारत र चीनले नेपालको उपस्थिति र सहमतिबिना नै […]