१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारमाथि संसदलाई छल्दै कर संरचनामा हेरफेर गरेको गम्भीर आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालै सञ्चारमाध्यममा आएका समाचारहरूलाई उद्धृत गर्दै सरकारको कदमप्रति आपत्ति जनाए । उनले सुन र सुनका गहना तथा विलासिता सामग्रीमा लाग्ने शुल्कमा सरकारले हेरफेर गरेको छ भने सलाईको काँटीमा भन्सार महसुल […]

बागमती मुख्‍य समाचार समाचार

खानेपानीका सवालमा अझै गम्भीर चुनौतीहरू छन् : मन्त्री यादव

नगरकोट (भक्तपुर) । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन् । शुक्रबार नगरकोटमा आयोजना गरिएको आर्थिक वर्ष २०८१÷८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापारिक मार्ग खोल्ने सहमति विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै उक्त विवादलाई छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए । उनले भने, ‘अहिले भर्खरै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहितमा घातक : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमतिप्रति गम्भीर आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले नेपाल सरकारलाई बेवास्ता गर्दै एकतर्फी रूपमा गरिएको उक्त सहमतिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष–अप्रत्यक्ष असर पार्ने चेतावनी दिइन् । उनले भनिन्, ‘भारत […]

बागमती मुख्‍य समाचार राजनीति

संसद बहिष्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो : सांसद डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले संसद बहिष्कारलाई संविधानविरोधी वा लोकतान्त्रिक मूल्यविपरितको अभ्यासका रूपमा चित्रण गर्न खोजिएकोप्रति आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले सरकारले रास्वपाको आन्दोलन र संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको बताउँदै त्यसप्रति गम्भीर आपत्ति व्यक्त गरिन् । उनले भनिन्, ‘सरकारले हामीले गरिरहेको आन्दोलन र […]

बागमती मुख्‍य समाचार समाचार

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्घाटन

काठमाडौँ, ६ भदौः खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत विकासमा थप योगदान पु¥याउने उद्देश्यसहित नगरकोटमा स्थापना गरिएको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आज यहाँ उद्घाटन गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज एक विशेष समारोहबीच सो केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री यादवले केन्द्रले खानेपानी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

शिक्षक महासंघ पुनः आन्दोलनमा, पहिलो चरणको कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकले सहमती अनुरुप सम्बोधन हुन नसकेको भन्दै पुनः आन्दोलन गर्ने भएको छ । शुक्रबार महासङ्घले पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक सकारात्मक रहे पनि शिक्षक कर्मचारीका सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन नसकेको बताए […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सङ्घीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छः सभामुख घिमिरे

पाटन ललितपुर, ६ भदौः सभामुख देवराज घिमिरेले सङ्घीयताको पक्षमा भएका  सकारात्मक अध्ययनका निष्कर्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रकाशन गरेको ‘नेपालको सङ्घीय शासन प्रणालीः आयाम र अभ्यास’ सम्बन्धी दोस्रो श्रृङ्खला पुस्तकको आज यहाँ विमोचन कार्यक्रममा उहाँले सङ्घीयतालाई व्यवहारबाट परिस्कृत गर्ने परिपाटी कम भएको भन्दै यसमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयकः मन्त्री गुरुङ

गण्डकी, ६ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले सामाजिक सञ्जाल प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले ल्याउन लागेको उक्त विधेयकका सम्बन्धमा भ्रम छर्न खोजिएको बताए । मन्त्री गुरुङले भने, यो विधेयक […]

बागमती मुख्‍य समाचार समाचार

डेङ्गी सङ्क्रमण बढ्दै

काठमाडौँ, ६ भदौः डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जुरुक्क कर्णाली’मा बगेका आँसु र आशा

प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत केवल गीत मात्रै थिएन । कलाकार रतन देवकोटाले गाएको यस गीतले कर्णालीका दुःख, पीडा, सङ्घर्ष र सफलताका भावनालाई बोलिरहेको थियो । हुड्केउली भाकामा पस्किएको गीतमा भोक, विदेशीयका व्यथा र बसाइँसराइका कथा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपाल–चीन सम्बन्ध विस्तारमा जोड

काठमाडौँ, ६ भदौः चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक प्रा हुआङ झेङ डुओले राष्ट्रिय समाचार समिति रातो कागज सँग सहकार्य गरी नेपाल–चीनबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउन इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका निर्देशक डुओले आज रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ कसिलो बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँदै रासस जस्तो […]