२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाज

प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्ने

भक्तपुर, २३ साउनः नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना इएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायण वासीलाई छात्रबृत्ति उपलब्ध गराउने सहमति भएको हो । […]

बागमती मुख्‍य समाचार समाचार

पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन

चितवन, २३ साउनः शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका […]

गण्डकी मुख्‍य समाचार समाचार

जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

पर्वत, २३ साउनः रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ । यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी, २३ साउन ः खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१र०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन […]

गण्डकी मुख्‍य समाचार समाचार

जनप्रिय युवा क्लब मुक्तिनाथ आर्चरी च्याम्पियन

मुस्ताङ, २३ साउन : प्रतियोगिता आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवा ‘ए’ टिम जारी सिजनको खुला यार्तुङ आर्चरी प्रतियोगिता २)८२ को च्याम्पियन बनेको छ । आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवाले १५) पूर्णाङ्कमध्ये नौ अङ्क खर्चँदै १४१ अङ्क योगफल जोडेर आर्चरी च्याम्पियन बनेको हो । प्रतियोगितामा मनाङ र मुस्ताङका कूल १६ टिमको सहभागिता थियो । […]

बागमती मुख्‍य समाचार समाचार

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

रसुवा, २३ साउन : गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताल लगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा […]

मुख्‍य समाचार सुदूरपश्चिम

टेलिकमको नेटवर्कमा समस्या, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ । विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् । नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ । उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका […]

बागमती मुख्‍य समाचार समाज

नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

मन्थली रामेछाप, २३ साउन : नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ । गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते […]

बागमती मुख्‍य समाचार समाचार

फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप

काठमाडौं । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र धोकाधडी भएको आरोप लगाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्रालिले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीडित बनेको भन्दै आयाम इन्टरकन्टिनेन्टल प्रालिले पारेको मर्का र क्षतिपूर्ति माग समेत गरेको छ । विज्ञप्तिमा भनिएको […]

कोशी मुख्‍य समाचार समाचार

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

धरान सुनसरी, २३ साउन ः तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पु¥याएको छ । भोटेले भने, राति ठूलो आवाज आयो, भुइँचालो हो […]

मधेश मुख्‍य समाचार समाचार

करेन्ट लागेर किसानको मृत्यु

राजविराज सप्तरी, २३ साउन ः आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ । उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा, २३ साउन : बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै […]