१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार  ३५० रुपैयाँमा कायम भएकोे छ ।    

बागमती मुख्‍य समाचार

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको ‘हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज’ को अवसरमा आयोजित बृहत् सांस्कृतिक तथा दर खाने कार्यक्रममा मन्त्री खड्काले तीजलाई केवल महिलाको पर्व नभई […]

बागमती मुख्‍य समाचार समाचार

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौति विषयक उद्घाटन समारोहमा उहाँले यस्तो बताएका हुन् । ‘द्वन्द्वको प्रकृति फरक छ । जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै […]

गण्डकी मुख्‍य समाचार समाचार

कुटपिटबाट युवकको मृत्यु

वालिङ स्याङ्जा, ८ भदौः वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए । उनका अनुसार गएराति ११ बजे थापामाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले […]

मधेश मुख्‍य समाचार समाचार

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

चन्द्रपुर रौतहट, ८ भदौ ः कुशेआँैसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्का लगायतले सडक आश्रित बाहरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा शुभारम्भ गरेका थिए । सोअवसरमा सांसद तिमल्सिनाले आगामी दिनमा आश्रमलाई आवश्यक पर्ने बस्तुहरु सहयोग गर्ने जानकारी दिए […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

गोदावरी कैलाली, ८ भदौः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२र६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो । गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

पाटन ललितपुर, ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ भएका छन् । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही […]

बागमती मुख्‍य समाचार समाचार

पाँच वर्षदेखि पुल अधुरै

चौतारा सिन्धुपाल्चोक, ८ भदौः सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रु आठ करोडमा उक्त पुल निर्माण गर्न सूर्य जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर […]

कोशी मुख्‍य समाचार विशेष समाचार

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

गाईघाट उदयपुर, ८ भदौः त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका सहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर, ८ भदौः विश्व सम्पदा सूचीमा सूचीकृत रहेको ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट अवस्थित छ । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको घण्टलाई पुनर्निर्माण नगरिएकाले हाल जीर्ण बन्दै गइरहेको र हाल बजाउन समेत बन्द गरिएको छ । काठमाडौँ उपत्यकाका दरबार स्क्वायरमा रहेका घण्टमध्ये पाटन दरबार स्क्वायरको यो घण्ट अरूभन्दा […]

बागमती मुख्‍य समाचार समाचार

सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार वैदिक अनुसन्धान गुठी वाग् लाई

काठमाडौँ, ८ भदौः वैदिक वाङ्मयको अध्ययन अनुसन्धानमा काम गरिरहेको संस्था वैदिक अनुसन्धान गुठी वाग्लाई यस वर्षको सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार प्रदान गरिएको छ । सत्सङ्ग परिवार जाउलाखेलमा शनिबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष स्वामी केशवानन्द गिरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । गुठीले वैदिक वाङ्मयलाई प्रविधिसँग जोड्न गरेको कार्यका लागि यो पुरस्कार दिइएको हो । गुठीका […]

कोशी मुख्‍य समाचार समाचार

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

टक्सार भोजपुर, ८ भदौः अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको रु ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका ती विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो । नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गर्नुभयो । कक्षा १ देखि ९ […]