२७ असार २०८३, शनिबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रक्षा बन्धनमा खुलेकी जेनिलिया डिसुजा

एजेन्सी । रक्षा बन्धनका अवसरमा बलिउड अभिनेत्री जेनिलिया डिसुजाले शुभेच्छुकहरुसँग साक्षात्कार गरिन् । अभिनेता रितेश देशमुख पत्नी उनले प्रशंसकहरूसँग खुलेर अन्तरक्रिया गर्दै विभिन्न फोटो वा भिडियोमा पोज दिएकी थिइन् । भारतीय परम्परामा गहिरो जरा गाडेको रक्षा बन्धनमा आफ्नो छोरा र भाइसँग एकसाथ देखिएकी उनले शुभेच्छुक एवम दर्शकहरूसँग खुलेर अन्तरक्रिया गरेकी थिइन् । ‘तुझे मेरी कसम’ […]

गण्डकी मुख्‍य समाचार समाचार

वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

तनहुँ, २५ साउनः वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकाका परिवारलाई जनही रु १० लाखका दरले रकम हस्तान्तरण गरिएको हो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा रु १० लाख क्षतिपूर्ति दिने व्यवस्था […]

बागमती मुख्‍य समाचार समाचार

‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक सार्वजनिक

भक्तपुर, २५ साउनः प्रा डा रञ्जितभक्त प्रधानाङ्ग र सोमकान्ता भण्डारीद्वारा संयुक्त रूपमा लिखित ‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका हुन् । सो अवसरमा संविधान र कानुनलाई राज्यले पालना गराउन सके जनताले न्याय पाउने […]

बागमती मुख्‍य समाचार समाचार

आर्यन भाञ्जी आर्ही अब संगीत क्षेत्रमा, ल्याइन अङ्ग्रेजी भाषाको ‘टक्सिक ट्रुथ’

काठमाडौँ । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यही गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् । गीतमा डार्क–पप, हिप–हप […]

कोशी मुख्‍य समाचार समाचार

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

भोजपुर, २५ साउनः अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् । गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ–५ का शिवकुमार विष्टले बताए । गत वर्ष प्रतिमन अलैँची रु एक लाखदेखि रु […]

गण्डकी मुख्‍य समाचार समाचार

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की, २५ साउनः पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुबाट नगद रु पाँच लाख १४ हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी […]

बागमती मनोरन्जन मुख्‍य समाचार

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौँ, २५ साउनः परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आज राजधानीका नेवार समुदायले विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका हुन् । साना बालबालिकालाई गाईको रूपमा सिँगारेर सांस्कृतिक झाँकी निकालिएको छ भने केहीले गाईलाई नै […]

कोशी मुख्‍य समाचार समाचार

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

धरान सुनसरी, २५ साउनः लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका […]

गण्डकी मुख्‍य समाचार समाचार

तनहुँमा इलाका प्रशासन कार्यालयको आवश्यकता

दमौली तनहुँ, २५ साउन ः जिल्ला प्रशासन कार्यालयले एक वर्षमा करिब डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१ र८२ मा एक लाख ४७ हजार ८३१ जनालाई विविध सेवा प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ९५ हजार ३४१ राष्ट्रिय परिचयपत्र, २५ हजार ९१८ राहदानी, १७ हजार ९०७ […]

बागमती मुख्‍य समाचार समाचार

निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने

चितवन, २५ साउनः पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् । आज रङ्गशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिए। रङ्गशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे । उनलाई भरतपुर महानगरपालिका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

विश्वभर पहिचान बनाउँदै चिनियाँ स्मार्ट चश्मा

एजेन्सी । चीनले उत्पादन गरिरहेको स्मार्ट चश्माहरुले विश्वको ध्यान खिचेको छ । चिनियाँ चश्मा केन्द्रले स्मार्ट उत्पादनहरू मार्फत विश्वव्यापी ध्यान खिचेका हुन् । एआईमा आधारित यस्ता स्मार्ट चश्मा कम्पनीहरुले जनवरी २०२५ मा, अमेरिकामा भएको अन्तर्राष्ट्रिय उपभोक्ता इलेक्ट्रोनिक्स शोमा आफ्नो डेब्यू गरेपछि थप चर्चा पाएका हुन् । झेजियाङ इन्टरटेक कम्पनी लिमिटेडका सह–संस्थापक टोङ लुयाओले स्मार्ट चश्माले […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

कैलाली, २५ साउनः यहाँको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन् । यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन् । यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन […]