२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

चितवन, २५ साउनः नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् । भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छः सभापति देउवा

पाटन ललितपुर, २५ साउनः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राखेका छन् । नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताए […]

बागमती मुख्‍य समाचार विशेष समाचार

निजी क्षेत्रलाई प्राथमिकतामा राख्नेक्रम सुरु भएको छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको बताए । उनले भने, ‘नेपालमा निजी क्षेत्रलाई […]

मधेश मुख्‍य समाचार समाचार

नौं किलो गाँजासहित थिङ पक्राउ

रौतहट । रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका वडा न. ४ धनसारबाट गाँजासहित युवकलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका वडा न.१२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी […]

मुख्‍य समाचार सुदूरपश्चिम स्वास्थ्य

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

कञ्चनपुर, २५ साउन ः महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका विरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् । अस्पतालले आर्थिक वर्ष २०८१ र८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ । अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार […]

बागमती मुख्‍य समाचार समाज

ख्याकुवामा खानेपानीको पहुँच

काभ्रेपलाञ्चोक, २५ साउन : पनौती नगरपालिका–११ स्थित ख्याकुमा ख्याकु–देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी एक सय ७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ । खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई ‘सफा र स्वच्छ’ समुदाय घोषणासमेत गरी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो । उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित एक सय ७५ घरमा खानेपानीको धारा जडान गरिएको […]

मुख्‍य समाचार लुम्बिनी समाचार

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन पाल्पा, २५ साउनः नेपाल(अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ । आगामी भदौ १ गते हुन लागेको २०६औँ भगवती रथाजात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । नेपाल अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा भगवतीको […]

बागमती मुख्‍य समाचार समाचार

आइएमई मोर्टसले ९ महिनामै ग¥यो २ अर्ब २१ करोडको व्यापार

काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ गराएको हो । कम्पनीले यसअघि आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो । साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यो कम्पनी भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको छ । कम्पनीले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकल (सिभी) मा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स (आइसिभिएस), लाइट कमर्सियल भेहिकल्स (एलसिभिएस्), मिडियम  कमर्सियल भेहिकल्स (एमसिभिएस), ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्छ ।  

बागमती मुख्‍य समाचार समाचार

राज्यले चासो नदिए लाखे नाच लोप भएर जान्छ

काठमाडौं । लाखे नाचबारे धेरै किंवदन्तीहरू छन् । तर एक कथाअनुसार, नेपालीहरू प्राचीनकालदेखि नै खेतीपाती गर्ने भएपनि केवल मानवीय श्रम पर्याप्त नहुँदा नजिकैका जंगलमा बस्ने राक्षसको बल प्रयोग गर्ने परम्परा सुरु भएको थियो । राक्षसलाई कामको बदलामा मासु र अण्डा दिने गरिन्थ्यो, नेवारी भाषामा मासुलाई ‘ला’ र अण्डालाई ‘खे’ भनिने भएकाले त्यस राक्षसलाई ‘लाखे’ भनिएको […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव  

बारा । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्  । आइतबार बारास्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए  । उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् । मन्त्री यादवले हाल जडान गरिएका र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिङको पानीले खानेपानीको समस्याबाट प्रभावित नागरिकले तिर्खा मेटाउन सहज हुने र केही हद सम्म समस्या समाधान हुने विश्वास आफूले लिएको दाबी गरे ।  

बागमती मुख्‍य समाचार विशेष समाचार

हाँस्य कलाकारहरुको ब्यंग्य : ओलीलाई सबै मिलेर बाँधौं

काठमाडौ । गाईजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यकलाकारहरु सन्तोष खनाल, सुयशा खनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए । हाँस्यकलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को […]

बागमती बैंक–वित्त मुख्‍य समाचार

चार महिनामा विपदका दुई हजार ६ सय ७५ घटना

काठमाडौँ, २५ साउनः गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपदका घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]