२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग

काठमाडौँ, २५ साउनः निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । आज निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय शिक्षक विधेयकबाट उक्त व्यवस्था हटाउन माग गरेका हुन् । प्याब्सनका महासचिव आरबी कटुवालले भन्नुभयो, “विधेयकमा निजी […]

मुख्‍य समाचार लुम्बिनी समाज

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ

त्रिवेणी रुकुम पश्चिम, २५ साउनः जिल्लाका छवटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो । जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा धानखेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो वर्ष समयमा वर्षा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने राजदूत आरीबासको प्रतिबद्धता

काठमाडौँ, २५ साउन ः नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल–नेपाल सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्‍ याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । इजरायलमा अध्ययन गरेको नेपालीहरुको संस्था सलोम क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कठिन समयमा रहेको इजरायललाई नेपालले सधैँ नैतिक समर्थन गर्दै आएकामा आभार व्यक्त गर्दै आफ्नो मुलुकले […]

कोशी मुख्‍य समाचार समाचार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुन्छः मन्त्री चौधरी

पाँचथर, २५ साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल चलिरहेको उल्लेख गर्दै उनले अब भने परिवर्तन नहुने गरी प्रतियोगिताको मिति तय गरिने बताए । आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा आयोजना […]

मधेश मुख्‍य समाचार समाचार

सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

रौतहट । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले तालाबन्दी गरेका छन् । लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शाखामार्फत सामाजिक सुरक्षा भत्ताको रकम बितरण गर्दै आएको छ । नगरपालिकाले गएको असार ११ गते […]

बागमती मुख्‍य समाचार राजनीति

खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच डल्लुस्थित झलनाथ निवासमा भेटवार्ता भएको छ । झन्डै डेढ घण्टा चलेको भेटघाटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन तथा आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विभिन्न रूपहरूबारे व्यापक […]

कोशी मुख्‍य समाचार समाचार

कोशी प्रदेशसभाः विधेयक सर्वसम्मतले पारित

विराटनगर, २५ साउनः कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मतले पारित भएको हो । […]

मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार

आर्थिक अनुशासनका लागि बेरुजु फछ्र्योट प्राथमिकतामाः मुख्यमन्त्री आचार्य

लुम्बिनी २५, साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फछ्र्योटलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । लुम्बिनी प्रदेशसभा सार्वजनिक लेखा समितिले बेरुजु फछ्र्योटको विषयमा प्रदेशसभा सचिवालयमा आज आयोजना गरेको बैठक तथा छलफलमा मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय तथा कार्यालयले बेरुजु फछ्र्योटलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न र त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाज

गाईजात्रा उत्सवमा ‘प्राइड परेड’ : उठ्यो पहिचान र अधिकारको आवाज

काठमाडौं । अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायहरुले गाईजात्राका अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका छन् । ब्लु डायमन्ड सोसाइटीको अगुवाइमा काठमाडौंको नक्साल नारायणचौरमा भेला भएका समूदायका व्यक्तिहरुले विभिन्न जातजातिका पोशाक र पश्चिमा फेसनमा सजिएर प्राइड परेडमा सहभागिता जनाएका हुन् । सोसाइटीले २०५९ सालदेखि गाईजात्रा उत्सवलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले […]

बागमती मुख्‍य समाचार समाचार

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

चितवन, २५ साउनः नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् । भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छः सभापति देउवा

पाटन ललितपुर, २५ साउनः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राखेका छन् । नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताए […]

बागमती मुख्‍य समाचार विशेष समाचार

निजी क्षेत्रलाई प्राथमिकतामा राख्नेक्रम सुरु भएको छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको बताए । उनले भने, ‘नेपालमा निजी क्षेत्रलाई […]