१८ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह

काठमाडौँ, ९ भदौः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गरेका छन् । पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई […]

मधेश मुख्‍य समाचार समाचार

दुर्घटनामा आश्रय गुमाएका परिवारलाई नगरको सहारा

सिरहा, ९ भदौः यहाँको लहान नगरपालिका–२३ गढियाका लखन रामको नौ दिनअघि भएको सवारी दुर्घटनामा ज्यान गएको थियो । मसला मिलमा ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएका रामको असामयिक निधनले उहाँको परिवार विचल्लीमा परेको छ । घरका मुख्य सहारा गुमेपछि परिवार भोक, चिन्ता र अन्योलमा परेको छ । यो दुःखद् घडीमा लहान नगरप्रमुख महेशप्रसाद चौधरीले आज मृतकको […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर, ९ भदौः कृष्णपुर नगरपालिका १ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उनको घर भत्काएको हो । सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताए । उनका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको […]

बागमती मुख्‍य समाचार समाचार

तीज महिला मुक्ति र परिवर्तनको पर्वः कुलपति राई

काठमाडौँ, ९ भदौः नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीजलाई महिला मुक्ति र परिवर्तनको पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभाग तथा प्रतिष्ठानका क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा आयोजित तीज विशेष कार्यक्रममा कुलपति राईले दिदी बहिनीहरुलाई विभेदको अन्त्यसँग जोडेर तीज मनाउन आग्रह गर्दै तीज महिलाहरूले आफ्ना जीवन भोगाइका व्यथा, कठिनाइ, सुख दुःख र […]

मधेश मुख्‍य समाचार समाचार

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज पर्सा, ९ भदौः वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ । गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै आज गौर प्रादेशिक अस्पतालका डा परशुराम यादव र डा विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा […]

मुख्‍य समाचार लुम्बिनी समाचार

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

बर्दिया । बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ । विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) शशस्त्र प्रहरीले फेला परेको हो । मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा […]

बागमती मुख्‍य समाचार समाचार

यँयाः (इन्द्रजात्रा)को लागि यःसिं लिन मानन्धर अगुवाहरु वन प्रस्थान

काठमाडौं । यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुहरु वन प्रस्थान गरेका छन् । प्रत्येक वर्षझैं यस वर्ष आज यंलाथ्व दुतिया सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुथि संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् । पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा […]

बागमती मुख्‍य समाचार समाचार

नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश हुने मानिसहरु कम्युनिष्ट पार्टी नै परित्याग गरेर हिड्ने भन्दै आशावादी हुन आग्रह गरेका हुन् । उनले […]

कर्णाली मुख्‍य समाचार स्वास्थ्य

मातृ–शिशु स्वास्थ्यसम्बन्धी चेतनाका लागि देउडा गीत

मुगु । जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ । पछिल्लो समयमा बालबिवाह कायमै हुनुका साथै सामान्य बिरामी हुँदा धामीझाँक्री र झारफुक गर्दा अकालमा मान्छेहरुको ज्यान जाने भएकाले सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो । मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, […]

बागमती मुख्‍य समाचार समाचार

कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध

काठमाडौं  ।  प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

काठामडौं । नेपालले जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै रूबेला रोगलाई निवारण गरेको औपचारिक घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले २०८२ साल भदौ २ गते नेपालले रूबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको हो । यससँगै नेपाल, दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौं मुलुक बनेको छ । सन् २०१२ मा सुरु […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जिम्मेवार वहन गर्न नसक्ने नक्कली कम्युनिष्ट हो : वामदेव गौतम

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् । सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन् । उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै […]