१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

काठमाडौँ, ३ असोजः जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ । मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संविधानको प्रभावकारी कार्यान्वयनबाट नै नागरिकका अधिकारहरुको संरक्षण गर्न सकिने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधानले प्रत्याभुती गरेका नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए । मुलुकमा नयाँ संविधान जारी भएको एक दशक बितिसक्दा पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँस् मन्त्री घिसिङ

काठमाडौँ, ३ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उनले पुसमै निर्माणसम्पन्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

देश परिवर्तन भएको हेर्न चाहन्छौँ

भक्तपुर, ३ असोजः जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर मृत्यु भएका भक्तपुर निवासी सहिदका परिवारको आँखा अझै ओभाएका छैनन् । छोरा सहिद भएको ११ दिन बित्दा पनि सहिद परिवारमा शोकको कुनै मूल्य नभएको बताउँदै सहिद परिवार भन्छन्, “उनीहरुको सपनाअनुसार देश परिवर्तन भएको हेर्न चाहन्छौँ । चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथली निवासी २१ वर्षीय […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै

दोधारा चाँदनी कञ्चनपुर, ३ असोजः बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान भएको छ । दोधारा–चाँदनी नगरपालिका–१० स्थित पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर जोगबुढा नदी र महाकाली नदीको चपेटामा पर्दै आएको छ । दक्षिणमा भारतसँग सीमाना जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले ठूलो क्षति गरेको दोधारा–चाँदनी–१० का वडाध्यक्ष […]

बागमती मुख्‍य समाचार समाचार

युवा पुस्ताको सीप र ज्ञान सदुपयोग गरी समृद्धिको यात्रामा लाग्न पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ, ३ असोजः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदान फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र बलिदानको ट्रेलर सार्वजनिक

काठमाडौँ, ३ असोजः चलचित्र बलिदान को ट्रेलर आज सार्वजनिक गरिएको छ । यसअघि उक्त चलचित्रको पोस्टर, प्रि–टिजर, टिजर र गीत सार्वजनिक भइसकेको छ । ट्रेलरको अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देख्न सकिन्छ । देशभक्तिभाव झल्काउन खोजिएको उक्त चलचित्रको ट्रेलरमा कलाकार अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन् । मल्लले आफूलाई राक्षस […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका […]

बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्री कार्कीलाई कालीबाबाको बधाई, जेन–जीका माग पूरा गर्न आग्रह

काठमाडौँ ।  अन्तर्राष्ट्रिय सन्त एवं धार्मिक अभियन्ता कालीबाबा (श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास) ले जेन–जी आन्दोलनका सन्दर्भमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकालको सफलताका लागि भिडियो सन्देशमार्फत शुभकामना दिँदै जेन–जी आन्दोलनसँगै भ्रष्टाचारीलाई कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग आग्रह गरेका हुन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार

बबरमहलमा भेटियो बाघको मुर्ति र स्कुटर

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा देशभर प्रदर्शन भइरहेका बेला राजधानीको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै असामान्य दृश्य देखियो । आन्दोलनकै भीडबीच मन्दिर परिसरमा एक बाघको मुर्ति र रातो रंगको बा ५९प४३८५ नम्बरको स्कुटर फेला परेपछि स्थानीयवासीहरूले तत्कालै सुरक्षित राखिदिएका छन् । स्थानीय झलक पाण्डेले मन्दिर नजिक भेटिएको बाघको मुर्तिलाई भित्र राखिएको […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

संविधान जोगाउन माग गर्दै पोखरामा र्याली

पोखरा । कास्की जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष भगवती पहारीले संविधानको रक्षाको लागि खबरदारीको रुपमा शान्तिपूर्ण ¥याली गरेका बताएकी छन् । संविधान दिवसको अवसरमा आयोजित बृहत शान्ति र्यालीको क्रममा उनले आन्दोलनपछि कतै यो संविधान मर्छ कि भन्ने सबैलाई त्रास भइरहेको भन्दै यो अवस्थामा संविधानलाई जोगाउनु पर्छ भनेर ¥याली गरेको बताइन् । उनले भनिन्, ‘हामीले आज […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार

जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा

सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाको योगदान गर्न उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलब भत्ताबाट योगदान संकलन गर्ने निर्णय लिएको हो […]