१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् । आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरुमा व्यापक […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा असर पुर्याएको बताएका छन् । शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को मूल समारोहमा बोल्दै उनले आन्दोलनले आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको माथि असर परेको बताएका हुन् । उनले तत्काल प्रवाह हुने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संविधान दिवस मनाउन राष्ट्रपति पौडेल टुडिखेलमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८२ का अवसरमा गृह मन्त्रालयद्वारा सैनिक मञ्च टुडिखेलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियोे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की , प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित  कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो विद्रोह जेनजी विद्रोह नै भएको दाबी गरे । उनले भने,‘जतिबेला हामीले विद्रोह सुरु गरेका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

बैंककस्थित नेपाली दूतावासमा संविधान दिवस, प्रवासीका मुद्दाबारे वहस

बैंकक, थाइल्याण्ड । नेपाल दूतावास बैंककले एघारौँ संविधान दिवस भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा महामहिम नेपाली राजदूत धनबहादुर ओलीले नेपालको राष्ट्रपतिबाट प्राप्त संविधान दिवसको शुभकामना सन्देश वाचन गरे । उनले संविधानले नेपाली जनताको लामो संघर्ष र आकांक्षालाई प्रतिविम्बित गरेको बताउँदै यसलाई व्यवहारमा उतार्न सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा थाइल्याण्डमा […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार सुदूरपश्चिम

‘नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल’

अत्तरिया कैलाली, ३ असोजः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल भएको बताएका छन् । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२’ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “नेपाली जनताले पटकपटक गर्दै आएका सङ्घर्ष र बलिदानको प्रतिफलस्वरुप ऐतिहासिक संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन् : देवकोटा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा देखिएका त्रुटि र कमीकमजोरीहरूलाई संविधानको दोष ठहर गर्नु उचित नहुने बताएका छन् । संविधान दिवस २०८२ को अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यसका लागि दलहरूले जिम्मेवारी लिनुपर्ने र आफ्नो कमजोरी स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलोमैलो […]

बागमती मुख्‍य समाचार समाचार

रामेछापमा यसरी मनाइयो संविधान दिवस

रामेछाप । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । दिवस मूल आयोजक समितिको आयोजनामा भएको ¥याली मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो । जिल्ला समन्वय समितिमा आयोजना गरिएको कार्यक्रममा रामेछाप बारका अध्यक्ष यादव दाहालले नेपालको संविधान २०७२ र यसका […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको  २ लाख १६ हजारमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल

विराटनगर । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् । मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको फलस्वरूप वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

शोकलाई शक्तिमा बदल्दै संविधानको संरक्षण गर्दै अगाडि बढ्नुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं ।  नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसको अवसरमा वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखेकी छन् । शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा रहेपनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने बताइन् । ‘यतिबेला हामी शोकको घडिमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन […]