१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका मूल्यहरू समेटिएको वर्तमान संविधानलाई संरक्षण गर्दै राष्ट्रलाई समृद्धिको दिशामा लैजान सबैमा आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली जनताले पटक–पटक गरेका ऐतिहासिक आन्दोलन, संघर्ष […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस सभापति देउवाको निवासमा भएको आक्रमणप्रति दुःख व्यक्त, अफवाहहरूप्रति खण्डन

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले एक प्रेस वक्तव्य जारी गर्दै भदौ २३ र २४ गतेको जेन–जी पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा भएको हिंसा र अफवाहप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । प्रेस वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । २०७२ असोज […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रचण्डले भने क्षति हेरेर निराश हुने छुट छैन, धुलो टकटकाएर उठौं, हामी निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौं

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए । उनले भने, ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

स्याङ्जाको शिशु निकेतनका विद्यार्थीहरुले जेनजी आन्दोलनमा शहिद भएकाहरुकाको सम्झनामा गरे दीप प्रज्वलन

स्याङ्जा । जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार देशैभर शोक मनाइएको छ । मृतकप्रति श्रदाञ्जली दिँदै देशका विभिन्न ठाउँमा दीप प्रज्वलनसमेत गरिएको छ । स्याङ्जाको बाडखोलामा शिशु निकेतन माविको अगुवाईमा भेला भएर विद्यालय परिवार तथा जेनजीहरूले शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । उनीहरूले शहीदका परिवाजनप्रति समवेदना समेत व्यक्त गरे । आन्दोलनमा बलिदानी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजी प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

काठमाडौँ, २ असोजः सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सक्नुभएन । बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो । पढाइमा पटक्कै मन गएन । समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पु¥यायो । चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन् । अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

काठमाडौँ, २ असोजः अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ । राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिनुभयो । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा अन्तरआबद्धता […]

कोशी मुख्‍य समाचार समाचार

बजार पु¥याउन नपाउँदा बगानमै केरा नष्ट

झापा, २ असोजः जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन् । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरुको गुनासो छ । भद्रपुर र गौरीगञ्जमा ८० बिघाह क्षेत्रफलमा केरा खेती गर्नुभएका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले रु २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ, २ असोजः निर्वाचन आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ संशोधनलगायत आवश्यक स्रोत साधनको सुनिश्चितताका लागि सरकारसँग आग्रह गरेको छ । आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाता सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० छन् । आसन्न निर्वाचनका सन्दर्भमा आज निर्वाचन आयोगमा आयोजित छलफलमा गृहमन्त्री ओमप्रकाश […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौँ, २ असोजः अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताए । सो अवसरमा प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत

काठमाडौं । नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।  

बागमती मुख्‍य समाचार विशेष समाचार

जेन–जी आन्दोलनका क्रममा रौतहटमा २०  करोडभन्दा बढीको क्षति भएको अनुमान

रौतहट । रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् । जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ  नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो । चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ । सरकारी कार्यलयका  कागजपत्र कामै नलाग्नेगरि जलेकाले सेवा प्रवाहमा समस्य भएको हो  । गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट नगरपालिकामा भएको क्षतिका कारण तत्काल सेवा सुचारु गर्न नसकिने नगर प्रमुख कन्थमणि प्रसाद कलवारले जानकारी दिए । उनका अनुसार पालिकामा रहेका महत्त्वपूर्ण कागजपत्र जलेको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सबै सामग्री नष्ट भएकाले तत्कालै सेवा सुचारु हुने अवस्था नरहेको बताए । यद्यपी, अब छिटै बैकल्पिक भवनबाट कार्यालय संचालन गरिने उनले बताए । जिल्ला प्रशासन कार्यालय गौरले जेन–जी आन्दोलनको क्रममा करिब २० करोडभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि क्षतिको पूर्ण विवरण संकलनको काम जारी राखेकाले यो रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ । गौर नगरपालिकामा ६४ लाख, जिल्ला प्रशासन कार्यालयमा ९ लाख, चन्द्रपुर नगरपालिकामा ३ करोड, मौलापुर नगरपालिकामा ५ करोड र कटहरिया नगरपालिकामा एक करोडको क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ । यस्तै, डिभिजन वन कार्यालयमा २ करोड ५० लाख, प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख र फतुवा विजयपुर नगरपालिकामा ३० लाखको नोक्सानी भएको अनुमान गरिएको  जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ ।