१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष बनाउन कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा आज बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृत्तनाका पृत्तनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ, १० फागुन : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण

काठमाडौँ, १० फागुनः अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ । जिल्ला आर्थिक गणना अधिकारी र गणकरसुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्याङ्क सङ्कलनको अनुगमनलाई सहजीकरण गर्ने उद्देश्य राखी यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौँ, १० फागुनः निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १० फागुनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

गौरको तनावप्रति माधव नेपालको चिन्ता : ‘सामाजिक सद्भाव बिथोलिन नदिनुस्’

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले रौतहटको गौरमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । रौतहट क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका नेता नेपालले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिन्दु र मुस्लिम समुदायबीचको द्वन्द्वले जनजीवन त्रसित बनेकोमा चिन्ता व्यक्त गरेका छन् । गौरको सबगढा लगायतका क्षेत्रमा उत्पन्न तनावले […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

बाजा बजाएको विषयमा विवाद : रौतहटको गौरमा अनिश्चितकालीन कफ्र्यू जारी

रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ। बौधिमाई नगरपालिका–९ सरमुजवाबाट बिहीबार रातिआएको विवाहको जन्ती बाजा बजाउँदै सबगढा प्रवेश गर्ने क्रममा मस्जिद अगाडि अवरोध भएपछि विवाद सुरु भएको थियो। सो क्रममा जन्तीमाथि ढुंगा प्रहार हुँदा दर्जनौँ व्यक्ति घाइते […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

मतदान प्रभावकारी बनाउन नमुना अभ्यास

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कालीकोट र मुख्य निर्वाचन कार्यालयले संयुक्त रूपमा नमुना मतदान आयोजना गरेको हो । निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने प्रक्रियाको अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विगतका निर्वाचनमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अहिले हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सन्देश सभालाई सम्बोधन गर्दै इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताउँदै यसखालको प्रचारको पछि नलागेर दृढतापूर्वक चुनावको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ भने बागमतीसहित अन्य प्रदेशमा […]

बागमती मुख्‍य समाचार समाचार

स्कारपियो दुर्घटना: चालक निदाउँदा गाडी ३० मिटर तल खस्यो, ४ घाइते

मकवानपुर । बागमती प्रदेश अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्रहरीका अनुसार २०८२ साल फागुन ९ गते बिहान करिब ६ बजे वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेको थियो। दुर्घटनाको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

टी–२० विश्वकप २०२६ः सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाकिस्तानका फरहान शिर्ष स्थानमा

काठमाडौं । जारी आईसीसी टि–२० विश्वकप २०२६ मा ब्याट्सम्यानहरूको उत्कृष्ट प्रदर्शन जारी छ । प्रतियोगिताको प्रारम्भिक चरणमै केही खेलाडीले शानदार इनिङ्स खेल्दै सर्वाधिक रन बनाउने सूचीमा अग्र स्थान बनाएका छन् । पाकिस्तानका साहिबजादा फरहान हालसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले चार खेलमा २२० रन बनाएका छन् । उनको स्ट्राइक रेट १६४.१७ र […]