२८ असार २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियता : मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु 

काठमाडौं । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग संवाद गरेका थिए ।

२२० केभी प्रसारण लाइन सञ्चालन आइ विद्युत् प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत् सेवा सहज हुनेछ ।

‘यससँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्नेछ। ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्या न्यूनीकरणमा यो प्रसारण लाइनले महत्त्वपूर्ण योगदान पु¥याउनेछ,’ मन्त्री श्रेष्ठले भने ।

विशेष गरी बर्खायाममा यस क्षेत्रका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अब ठुलो सहयोग पुग्ने उनले बताए । यसअघि कम क्षमतामा पावर हाउस सञ्चालन गर्नुपर्ने बाध्यता समेत हट्दै जाने मन्त्री श्रेष्ठको भनाइ छ ।

निजी क्षेत्र र सरकारबिचको सफल सहकार्यबाट उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने मन्त्रालयले जनाएको छ । ‘यो नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धिको यात्रामा अर्को महत्त्वपूर्ण कदम हो,’ मन्त्री श्रेष्ठले भने ।

तनहुँको मार्कीचोकस्थित न्यु मर्स्याङ्दी सब स्टेसनदेखि चितवनको आँपटारीस्थित न्यु भरतपुर सब स्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह सुरु भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि