२ भाद्र २०८३, मंगलवार
समाज

काठमाडौंको सामाखुसी क्षेत्र जलमग्न, घरका सामान सारियो

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाले सामाखुसी क्षेत्र डुबानमा परेको छ । निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । एसईबी स्कुलमा पम्प सेटको सहायताले पानी तानेर फाल्ने क्रम जारी छ । डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सारेका छन् । काठमाडौं उपत्यकाका रातभर […]

मुख्‍य समाचार समाज

नदी किनारका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, […]

मुख्‍य समाचार समाज

पुर्वी चितवनको खैरहनीमा मान्छे मारेको बाघ नियन्त्रणमा

२२ साउन, चितवन । पुर्वी चितवनको खैरहनीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आइतबार दिउँसो खैरहनी नगरपालिका वडा नं. ११ का ३५ वर्षीय अनिल तामाङलाई आक्रमण गर्ने ४ वर्षको भाले वयस्क बाघलाई आज सोमबार दिउँसो साढे ४ बजे नियन्त्रणमा लिइएको हो । बाघलाई खैरहनी नगरपालिका […]

राजनीति

व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिनू

२२ साउन, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका व्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खोलिदिएको छ । काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो । उक्त निर्णयविरुद्ध व्यवसायीहरुले दिएको रिटमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको छ । त्यस्तै ३० […]

राजनीति

रास्वपाका ४ सांसदसँग जरिवाना नलिन उच्च अदालतको आदेश

२२ साउन, काठमाडौं । उच्च अदालत पाटनले चुनाव खर्च सार्वजनिक नगरेको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना प्रतिनिधिसभा सदस्यलाई जरिवाना नगर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । आयोगले चुनाव खर्च सार्वजनिक गरेको जानकारी नगराएको भन्दै कतिपय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगले जरिवाना तोकेपछि […]

मुख्‍य समाचार राजनीति

ल्हारक्याल लामा नियुक्तिमा कांग्रेसको विमती छ : महामन्त्री शर्मा

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले कोषमा लामाको नियुक्तिले गलत सन्देश दिएको धारणा राखे । ‘म यो विषयमा प्रष्ट विमती राख्न चाहन्छु । मैले […]

मुख्‍य समाचार राजनीति

सुनकाण्डमा एमालेले अंश खोजेर संसद चल्न दिएन : राप्रपा

२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएको छ । गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको टिप्पणी छ । ‘सुनकाण्डमा तोलमोल भयो । उच्च स्तरीय छानबिन […]

राजनीति

संसद अवरोध हुँदा जनताका आवाज रोकिए : सभामुख घिमिरे

२२ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा अवरोध हुँदा जनताको आवाज रोकिएको बताएका छन् । ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन’ नयाँ वानेश्वरस्थित आफ्नै कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले भने । सदनमा जारी अवरोध खुलाउने […]

राजनीति

बालुवाटारमा शीर्ष नेताहरुको बैठक मंगलबार फेरि बस्ने

२२ साउन, काठमाडौं । प्रमुख नीत दलका शीर्ष नेताहरुको सदनको अवरोध खुलाउने विषयमा सोमबार बसेका दुई वटा बैठक निष्कर्षमा पुग्न सकेन । मंगलबार फेरि अर्को बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेका अनुसार मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ । सभामुख […]

राजनीति

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित

२२ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी […]

मुख्‍य समाचार राजनीति

रवि लामिछानेको आक्रोश : संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि पौने पाँच बज्दा समेत सुरु भएको छैन । यस सन्दर्भमा रास्वपा […]

राजनीति

सभामुखको कार्यकक्षमा शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु

२२ साउन, काठमाडौं । संसद सञ्चालनको विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु भएको छ । मध्यान्ह साढे १२  बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो । छलफलका आधारमा आ-आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो । सोही अनुसार संसद भवन वानेश्वरमा […]