२ भाद्र २०८३, मंगलवार
मुख्‍य समाचार

गोरखापत्रका सल्लाहकार सम्पादकको कार्यशैलिप्रति संस्थानका कर्मचारी संघको आपत्ति

२४ साउन, काठमाडौँ । गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनको कार्यशैलिप्रति गोरखापत्र संस्थान कर्मचारी संघले विरोध गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी ‘गोरखापत्र संस्थान कर्मचरी संघ–२०५२’ ले मन्त्रिपरिषदको निर्णयबाट सस्थानको सल्लाहकार पदमा नियुक्त भएका उपेश महर्जनले मर्यादा र आचरण पालन नगरी छुट्टै स्वार्थ समूह बनाइ अशोभनीय र अमर्यादित कार्य गरेको भन्दै कर्मचारी संघले […]

मुख्‍य समाचार राजनीति

प्रतिपक्षले डिस्टर्ब मात्र गर्ने होइन, सरकारलाई धन्यवाद दिनुपर्छ : देवेन्द्र पौडेल

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सुन तस्करी प्रकरणमा राज्यका स्थापित निकायले अनुसन्धान गरिरहेकाले त्यसलाई सहयोग गर्नुपर्ने बताए । ‘नेपाल सरकारले निष्पक्षतापूर्वक संविधानमा व्यवस्था गरिरएका निकायहरुलाई सक्रिय बनाएर भ्रष्टाचार अनियमिततामा […]

राजनीति

सर्वोच्चले माग्यो राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारी निर्णय

२३ साउन, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका विषयमा सचिवालयले जारी गरेको विज्ञप्ति र उपचार खर्च दिने सरकारको निर्णय झिकाउने आदेश दिएको छ । गत १४ साउनमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उपचार खर्च सम्बन्धमा राष्टपतिको स्वकीय सचिवालयबाट जारी प्रेस नोट, अर्थ मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले लेखेको पत्र र अर्थ मन्त्रालयले स्वास्थ्य उपचार लागतको […]

राजनीति

शीर्ष नेताले बार्गेनिङ रातारात गरुन्, संसद बैठक रोक्न पाइँदैन : रवि लामिछाने

२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गरे । ‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन त्यो समयमा चल्नभन्दा अगाडि […]

मुख्‍य समाचार

काठमाडौंमा मनाइयो २९औं विश्व आदिवासी दिवस’

२३ साउन, काठमाडौ । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा मनाएका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवसमा झाकी ल्याली निकालेका हुन् । विभिन्न जातीय भेषभूषामा सजिएका आदिवासी जनजातिहरूले आज शान्तिवाटीकादेखि राष्ट्रिय सभागृहसम्‍म झाँकी र्‍यालीसहित […]

मुख्‍य समाचार

राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेटवार्ता

२३ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छिन् । मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । सो क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल-इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

लुम्बिनी समाज

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

२३ साउन, रोल्पा ।  रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । सूचना अधिकरी भुसालका अनुसार मृत्यु […]

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरुले घोषणा गरे आन्दोलन

२३ साउन, काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने घोषणा छन् । उनीहरुले मंगलबार पत्रकार सम्मलेन गर्दै बुधबार पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय […]

मुख्‍य समाचार सूचना प्रविधि

एमडीएमएस प्रणालीमा स्मार्टफोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्ब्याइयो

२३ साउन, काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस)मा मोबाइल फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८० ले दिएको असार मसान्तसम्मको समयलाई एक महिना लम्बाएर साउन मसान्तसम्म पुर्‍याउने निर्णय भएको छ । नेपाल दूर सञ्चार प्राधिकरणले यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो प्रणालीमा विभिन्न […]

राजनीति

सभामुखले बोलाए प्रमुख सचेतक र सचेतकहरुको बैठक

२३ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको छलफलपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् । नेताहरुका अनुसार केहीबेरमा बस्ने उक्त […]

समाज

भक्तपुर पनि बाढी, चाँगुनारायणमा एउटा घर भत्कियो

२३ साउन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो । घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार पहिरोले मानवीय क्षति भने भएको […]

समाज

बल्खु तरकारी बजारमा पस्यो बाढी

२३ साउन, काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने । उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।