१२ श्रावण २०८१, शनिबार
राजनीति

बालुवाटारमा शीर्ष नेताहरुको बैठक मंगलबार फेरि बस्ने

२२ साउन, काठमाडौं । प्रमुख नीत दलका शीर्ष नेताहरुको सदनको अवरोध खुलाउने विषयमा सोमबार बसेका दुई वटा बैठक निष्कर्षमा पुग्न सकेन । मंगलबार फेरि अर्को बैठक बोलाइएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ ।

सभामुख घिमिरेले भनेका छन्, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’

शीर्ष नेताहरुका बीचमा सहमति नजुटे पछि सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजे सम्मतका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।

शीर्ष नेताहरु सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा मध्यान्ह १२ बजे र दिउँसो साढे ३ बजे नयाँ वानेश्वर स्थित संसद भवनमै छलफलमा बसेका थिए । कुनै सहमति नभएपछि प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसा ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्