१२ श्रावण २०८१, शनिबार
राजनीति

सभामुखको कार्यकक्षमा शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु

२२ साउन, काठमाडौं । संसद सञ्चालनको विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु भएको छ ।

मध्यान्ह साढे १२  बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

छलफलका आधारमा आ-आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो । सोही अनुसार संसद भवन वानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको हो ।

सभामुखको कार्यकक्ष बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्