१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार

काठमाडौंमा मनाइयो २९औं विश्व आदिवासी दिवस’

२३ साउन, काठमाडौ । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा मनाएका छन् ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवसमा झाकी ल्याली निकालेका हुन् ।

विभिन्न जातीय भेषभूषामा सजिएका आदिवासी जनजातिहरूले आज शान्तिवाटीकादेखि राष्ट्रिय सभागृहसम्‍म झाँकी र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

दिवसको अवसर पारेर नेपाल मगर संघ, नेपाल लोकतन्त्रिक संघलगायतका आदिवासी जनजातिहरूको संघ र्‍यालीमा सहभागी थिए ।

यस्तै देशभर आदिवासी जनजातिहरूवि २९ औ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्