१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार

राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेटवार्ता

२३ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छिन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

सो क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल-इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्