१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार

गोरखापत्रका सल्लाहकार सम्पादकको कार्यशैलिप्रति संस्थानका कर्मचारी संघको आपत्ति

२४ साउन, काठमाडौँ । गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनको कार्यशैलिप्रति गोरखापत्र संस्थान कर्मचारी संघले विरोध गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी ‘गोरखापत्र संस्थान कर्मचरी संघ–२०५२’ ले मन्त्रिपरिषदको निर्णयबाट सस्थानको सल्लाहकार पदमा नियुक्त भएका उपेश महर्जनले मर्यादा र आचरण पालन नगरी छुट्टै स्वार्थ समूह बनाइ अशोभनीय र अमर्यादित कार्य गरेको भन्दै कर्मचारी संघले घोर भत्सर्ना गरै यस्ता गैर व्यवसायीक क्रियाकलाप तत्काल बन्द गर्न सचेत गराएको छ ।

महर्जनले करिब डेढ दशक संस्थानमा अति सामान्य करार सेवामा काम गरेका थिए । विज्ञप्तिमा भनिएको छ संस्थानकै गरिमामय पदमा मन्त्रिपरिषदबाट नियुक्ती पाउनु गौरव र सम्मानको विषय हुनुपर्ने र सोहीअनुसार मर्यादित प्रयत्नहरु गरिनु पर्नेमा राष्ट्रिय राजनीतिको वाध्यात्मक परिस्थितिले अनिवार्य बनेको गठवन्धनमा उक्त सरकारले गरेको निर्णयमाथि नै मर्हजन लगायतका केही व्यत्तिहरुले गम्भीर प्रश्न खडा हुने काम गरेकाले तत्काल र पूर्णरूपमा बन्द संघले अनुरोध गरेको छ ।

महर्जनलाई यही जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठके उक्त पदमा नियुक्त भएका थिए । संस्थानमा विगत लामो समयदेखि करार सेवामा कार्यरत करिव २०० जना कर्मचारीका वारेमा संस्थानकै कर्मचारीको उजुरीलाई आधार मानेर राष्ट्रिय शतर्कता केन्द्रले छानविन गर्ने नाममा १२ जनाको करार अन्त्य गर्न र संस्थानका ५ जना पदाधिकारी÷कर्मचारीलाई कारवाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको विषयमा यस संघले गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।

जटिल विषयमा गहन रुपमा छानविन पश्चात निर्देशन गरिनुपर्नेमा अत्यन्त हतारमा निर्देशन दिएका बिषय प्रेसहरुमा छताछुल्ल हुनुले एकातर्फ सम्मानित संस्थाको भूमिकामा प्रश्न गर्नुपर्ने अवस्था निम्त्याएको छ भने अर्कोतर्फ संस्थानका इमान्दार कर्मचारीको मर्यादामा आँच पुगेको संघको निष्कर्ष छ।

विज्ञप्तिमा भनिएको छ, ‘संस्थानमा केही समयदेखि अनुशासनहीनता बढ्दै गएको छ । संस्थानका संवेदनशिल सूचनाहरु जिम्मेवार ठाउँबाट प्रेसलाई वितरण गर्ने, आधारहीन विषयमा हस्तलिखित उजुरी गरेर कार्य वातावरण धमिल्याउने दुस्कार्य भइरहेको पाइएको छ । छानबिन गर्न जोडदार माग गर्दछौं।’

हेर्नुहोस् गोरखापत्र कर्मचारी संघको विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस्