२ भाद्र २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

३२ साउन, काठमाडौँ । खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । २०३३ सालदेखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण […]

मुख्‍य समाचार समाज

कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

३२ साउन, काठमाडौं । मौसममा केही सुधार भए पनि आज देशका केही ठाउँमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २४ घण्टामा ५० भन्दा धेरै र १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई भारी […]

मुख्‍य समाचार समाज

हिमाली पदमचाल ढकमक्क फुल्दा

३१ साउन, ताप्लेजुङ । यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा घुमघाम गर्नेलाई मोहित बनाएको छ । उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ । केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ बनेको धरहराको झल्को आउँछ […]

मुख्‍य समाचार सूचना प्रविधि

भदौ ३१ गतेदेखि नेपाल ब्लकचेन कन्क्लेभ हुने

३१ साउन, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आगामी भदौ ३१गतेदेखि नेपाल ब्लकचेन कन्क्लेभको आयोजना गर्ने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बुधबार […]

अनौठो संसार

भिरमा अड्किएको चिया पसल जहाँ चिया पिउन डोरीमा झुण्डिएर जानुपर्छ

चीनको एउटा चियापसल आफ्नो अनौठो अवस्थितिका कारण सोसल मिडियामा भाइरल बनेको छ । पहाडको चट्टानी भिरमा ३ सय ९३ फिट उचाइँमा यो पसल झण्डै हावामै अडिएको जस्तो देखिन्छ । चीनको हुनान प्रान्तस्थित शिनिउझाई नेसनल जियोलोजिकल पार्कस्थित एक अक्करे पहरामा एउटा सानो काठको दुकान टाँगिएको छ । यसलाई दुनियाकै सबैभन्दा असुविधाजनक पसल पनि भनिन्छ । यो […]

मुख्‍य समाचार सूचना प्रविधि

एप्पलले ल्याउँदैछ सबैभन्दा सस्तो टाइप सी पोर्टयुक्त आइफोन

३१ साउन, काठमाडौं । आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च गर्ने तयारी गरिरहेको एप्पलले आइफोन १५ पछि सस्तो मूल्यको आइफोन एसई ४ पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । बजेट फोनको रुपमा रहेको नयाँ पुस्ताको आइफोन एसई ४ सबैभन्दा सस्तो टाइप सी पोर्टवाला आइफोन हुनेछ । यसअघि सार्वजनिक समाचारहरु अनुसार समतल किनारा र डिस्प्ले नचका कारण […]

समाचार समाज

६० किलो सुन प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ

३१ साउन, काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतका अनुसार, पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका […]

अर्थ

०.०५ प्रतिशत करदाताले नै तिर्छन् ८० प्रतिशत राजस्व

३० साउन, काठमाडौं । नेपालमा ० दशमलव ०५ प्रतिशत करदाताबाट करिब ८० प्रतिशत राजस्व संकलन हुने गरेको देखिएको छ । सरकारले गत आर्थिक वर्ष ०७९/८० मा कुल ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो । त्यसमध्ये ठूला २९९१ करदाताबाट ३ खर्ब ७४ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको आन्तरिक […]

मनोरन्जन

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना मसँग छ : स्वस्तीमा खड्का

३१ साउन, काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नुभएको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताए । उनले भने, ‘एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज […]

समाज

चितवनमा ७ सवारी साधन एकैठाउँ ठोक्किए, २० जना घाइते

३१ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान ११:४० बजेको समयमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ […]

अर्थ मुख्‍य समाचार सूचना प्रविधि

किन घट्यो नेपाल टेलिकमको नाफा ?

३१ साउन, काठमाडौं । सेवा बिक्रीको आम्दानीमा गिरावट र सञ्चालन खर्चमा वृद्धि हुँदा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार नाफा […]

राजनीति

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

३१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख […]