१२ श्रावण २०८१, शनिबार
अर्थ समाज

डिजेलकाे भाउ १४ र पेट्रोल ५ रुपैयाँले बढ्यो

३० साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य ह्वात्तै बढाएको छ ।

निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ ।

यस्तै डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।

भारतीय आयल निगमबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

हेर्नुहोस् नयाँ मूल्यसूची:

CamScanner 08-15-2023 19.52 (1)

प्रतिक्रिया दिनुहोस्