३० श्रावण २०८३, शनिबार
समाचार समाज

त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

२२ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रियसभा : अध्‍यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेलाई

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष एमालेलाई दिने चार राजनीतिक दलहरुबीच सहमति भएको छ । नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको हो । सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो ।  

मुख्‍य समाचार राजनीति

माधवकुमार नेपाललाई भेट्‍न कोटेश्वर पुगे प्रधानमन्त्री प्रचण्ड

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन्। दुई नेताबीच सरकारमा जानेबारे छलफल जारी रहेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए । बालुवाटारमा नयाँ गठबन्धनको बैठक चलिरहँदा प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाललाई भेट्न गएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री […]

मुख्‍य समाचार राजनीति समाचार समाज

निजामती सेवा प्रवेशको अधिकतम उमेर घटाउने प्रस्ताव

२१ फागुन, काठमाडौं । निजामती सेवा प्रवेशका लागि उम्मेदवार बन्न पाउने अधिकतम उमेर सीमा घटाउने प्रस्ताव गरिएको छ । सोमबार संघीय संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष हुँदासम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने प्रस्ताव गरिएको छ । यसअघि पुरुषहरुले ३५ वर्ष र महिलाहरुले ४० वर्षसम्म खुला […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङको पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

२१ फागुन, गलकोट । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउँदै पछिल्ला दिनमा दर्शनार्थीको भीड नै लागेको हो । दैनिक […]

अर्थ मुख्‍य समाचार

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान

२१ फागुन, चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुले सो मात्रामा दूध बिक्री […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सहकारी ठगी आरोपमा ३ जना पक्राउ

२१ फागुन, पोखरा । पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएलगत्तै उनीहरु पक्राउ परेका हुन् । उनीहरुले सहकारीको करिब […]

मुख्‍य समाचार समाचार समाज

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

२१ फागुन, काठमाडौं । यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजना तथा अमेरिकी संस्था ‘लरिएट्स एण्ड लिडर्स’को व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो । लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘विविध कारणले शिखर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

निजामतीतर्फ ‘नेपाल सूचना प्रविधि सेवा’ प्रस्ताव, सचिव हुन नपाउने

२१ फागुन, काठमाडौं । सरकारले संघीय निजामती सेवाअन्तरगत सूचना प्रविधि (आईटी) सेवा लाई छुट्टै सेवाका रूपमा राख्न प्रस्ताव गरेको छ । संसदमा सोमबार दर्ता भएको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’मा निजामती अन्तरगत ‘नेपाल सूचना प्रविधि सेवा’ पनि राख्न प्रस्ताव गरिएको हो । हाल निजामती सेवा ऐनमा आर्थिक योजना तथा तथ्यांक सेवा, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तीन मन्त्रीले लिए शपथ, सबै मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखे

२१ फागुन, काठमाडौं । तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति […]

मुख्‍य समाचार समाचार समाज

मुगुका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२१ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित ६जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

२१ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने बताए । ‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के […]