२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् । सोमबार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारदेखि नयाँ गठबन्धन बनाएपछि कांग्रेससहितको गठबन्धन टुटेको छ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादीको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनबाट एमालेका पदम गरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याल मन्त्री बनिसकेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि