३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति

आज राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ हुँदै

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यको आज शपथ हुँदैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यको आज पद तथा गोपनीयताको शपथ कार्यक्रम रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ […]

मुख्‍य समाचार समाचार समाज

कानुन समितिको बैठक पनि स्थगित

२१ फागुन, काठमाडौं । दलहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक पनि स्थगित भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ :४५ बजे समितिको बैठक बोलाइएको थियो । निर्धारित समयको एक घण्टासम्म बैठक सुरु हुन नसकेपछि समितिका सचिव अधिराज राईले स्थगित […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेबाट पदम गिरी सरकारमा जाने

२१ फागुन, काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।

मुख्‍य समाचार राजनीति

टुट्यो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

२१ फागुन, काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् । स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको […]

मुख्‍य समाचार राजनीति

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् । सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ । देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । आज बिहानै एमाले, माओवादी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

देउवा निस्किएलगत्तै बालुवाटार पुगे एमाले अध्यक्ष ओली

२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली साँझ फेरि बालुवाटार पुगेका हुन् । कांग्रेस सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकाी निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग छलफलमा थिए । अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् ।

मुख्‍य समाचार राजनीति समाचार समाज

अन्तिम समयमा रोकियो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण

२० फागुन, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । सत्ता गठबन्धनमा समस्या देखिएसँगै साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको हो । परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ । ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख […]

मुख्‍य समाचार समाचार समाज

जमजम इलेक्ट्रोनिक्सबाट ठगी गर्ने चार युवाको गिरोह पक्राउ

२० फागुन, काठमाडौं । जमजम इलेक्ट्रोनिक्सको नाममा फेसबुक पेज बनाएर नागरिकलाई ठगी गर्ने गिरोहलाई उपत्यका अपराध प्रहरी कार्यालयले समातेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरका अनुसार, दुबईमा रहेको जमजम इलेक्ट्रिोनिकले सामाजिक सञ्जालमा पोष्ट गर्ने भिडियोहरुको आडमा नेपालमा पनि नक्कली फेसबुकमा पेज बनाएर ठगी गर्ने गरेको भेटिएको हो । ‘पीडितहरुले जाहेरी दिएपछि […]

मुख्‍य समाचार समाचार समाज

प्रिमनसुन अवधि सुरु, काठमाडौंमा वर्षा

२० फागुन, काठमाडौं । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौंमा बदलीसहित वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ । यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । […]

खेलकुद समाचार समाज

नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाको कारण रोकियो

२० फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । अहिले मेघ गर्जनसहित वर्षा भएको छ । मैदानमा कभर ढाकिएको छ […]

अर्थ समाचार समाज

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

२० फागुन, काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला । प्राकृतिक साधन र स्रोतले […]

राजनीति समाचार समाज

राष्ट्रिय सभाका २० सदस्यको आज बिदाइ, नयाँलाई स्वागत

२० फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम […]