३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

जसपाले आजै मन्त्री नपठाउने

२१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ । पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले जानकारी दिए । माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक÷एक जना मन्त्रीको शपथ भने आजै हुँदैछ ।  

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले अनलाइनखबरसँग भने । कांग्रेस अब प्रतिपक्षमा बस्ने […]

मुख्‍य समाचार राजनीति समाचार

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । मंगलबार (भोलि) दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो विकसित घटनाक्रम बारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पौडेलले जानकारी गराए । कार्यसम्पादन समिति ४६ जनाको हुने […]

संसद पुग्यो संघीय निजामती सेवा विधेयक (विधेयकसहित)

२१ फागुन, काठमाडौं । संघीय निजामती विधेयक संघीय संसद सचिवालय पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताका लागि प्रतिनिधि सभामा लगेको हो । संसद सचिवालयका अनुसार विधेयक दर्ताको प्रक्रियामा छ ।

माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने

२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’ नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्यालले मन्त्री पदको शपथ ग्रहण गर्ने छन् । उनीहरुको मन्त्रालय भने टुंगो […]

रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा […]

मुख्‍य समाचार राजनीति

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका छन् । कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराएका हुन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन् ।  

मुख्‍य समाचार राजनीति

नागरिक उन्मुक्ति नयाँ गठबन्धनप्रति सकारात्मक

२१ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका सांसदको बैठक बोलाएको छ । नयाँ राजनीतिक परिस्थितिबारे निर्णय लिन नागरिक उन्मुक्तिले सांसदहरुको बैठक बोलाएको हो । संघ र प्रदेशका सांसदको बैठक बसेर गठबन्धनमा जाने नजाने निर्णय लिने पार्टीका अध्यक्ष रेशम चौधरीले जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर फर्कने क्रममा चौधरीले भने, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सातै प्रदेशका मुख्यमन्त्री पनि हेरफेर गर्ने नयाँ गठबन्धनको तयारी

२१ फागुन, काठमाडौं । नयाँ गठबन्धनका शीर्ष नेताहरूले सातै प्रदेशका मुख्यमन्त्री पनि हेरफेर गर्ने तयारी गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकले प्रदेशका मुख्‍यमन्त्रीहरू पनि हेरफेर गर्ने तयारी गरेको बैठकमा सहभागी माओवादी सचिव देवेन्द्र पौडेल बताएका छन् । उनका अनुसार नयाँ गठबन्धनमा आवद्ध दलहरुलाई समेटेर आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । […]

मुख्‍य समाचार राजनीति समाचार

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक, शीर्ष नेताहरु सहभागी

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग […]

मुख्‍य समाचार राजनीति समाचार

सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने, को-को बन्दैछन् मन्त्री ?

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।