२९ फाल्गुन २०८२, शुक्रबार
राजनीति

अराजकताविरुद्ध सबै दल एक ठाउँमा छौं : प्रधानमन्त्री प्रचण्ड

२२ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान विरोधी क्रियाकलापकाविरुद्ध सबै राजनीतिक दल एक ठाउँमा उभिएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै उनले अराजकताविरुद्ध सबै दल एक भएको बताएका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध हुने अराजक र अतिवादी क्रियाकलापविरुद्ध हामी एक छाँै भन्ने कुरा हामीले […]

अर्थ मुख्‍य समाचार

मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

२२ मंसिर, म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार […]

समाचार समाज

मनाङमा हराउन थाले हिउँ र ताल

२२ मंसिर,मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन् । उनी भन्छन्, ‘विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।’ उनी भन्छन्, ‘हामी सानो छँदादेखि नै माथिल्लो मनाङको […]

अर्थ मुख्‍य समाचार

भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा रु २५ लाखसम्मको घर कर्जा पाउने

२२ मंसिर, काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितले रु २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउनेभएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको हो । यस प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा […]

खेलकुद मुख्‍य समाचार

एनएसएलमा पहिलो जितका लागि वीरगञ्ज र झापा भिड्दै

२२ मंसिर, काठमाडौं । वीरगञ्ज युनाइटेड र झापा एफसी नेपाल सुपर लिग (एनएसएल) २०२३ को नयाँ टोली हुन् । एनएसएलको दोस्रो संस्करणबाट यी दुवैले डेब्यु गरिसकेका छन् । शुक्रबार यी दुई टोली एक आपसमा भिड्दा दुवैको एउटै लक्ष्य एनएसएलमा पहिलो जित निकाल्नु हुनेछ । वीरगञ्ज र झापाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज साँझ ५ बजे […]

अर्थ बैंक–वित्त

नीतिगत सुधार नगरे नेपाल ग्रे लिष्टमा पारिदिने सरकारलाई एफएटीएफको चेतावनी

२२ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वव्यापी रुपमा अनुगमन गर्ने संस्था फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले आफूले सुझाव दिएका आधारभूत पक्षमा सुधार नगरे नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय जोखिमयुक्त मुलुक (ग्रे लिष्ट)मा पर्ने चेतावनी दिएको छ । एफएटीएफले गत महिना (९ नोभेम्बर २०२३) मा नेपाललाई पत्र पठाई विद्यमान कानुनमा सुधार, सम्पत्ति शुद्धीकरण र ठूला आर्थिक […]

राजनीति

एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने

२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाइने जानकारी दिए । […]

समाचार समाज

विपिन जोशीका बुबा भन्छन् : प्रधानमन्त्रीले रिहाइको प्रयासमै छौं भन्नुभयो, कहिलेसम्म पो हो ?

२२ मंसिर, धनगढी । इजरायल-हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीका आमाबाबुले उनको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । शुक्रबार सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डलाई धनगढी विमानस्थलमा भेट गर्दै विपिनका आमाबाबुले रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूलाई भेटेर छोराको अवस्था पत्ता लगाइदिनुपर्‍यो भनेर आग्रह गरेका छौँ । […]

मुख्‍य समाचार राजनीति

गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछः केपी ओली

२२ मंसिर, काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त […]

अर्थ मुख्‍य समाचार

वर्षायाममा विद्युत प्राधिकरणले बेच्यो रु १५ अर्ब २४ करोडको बिजुली

२२ मंसिर, काठमाडौँ । यसवर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत  जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् […]

अर्थ मुख्‍य समाचार समाचार समाज

विमानस्थलमा सुन आउँदैछ भन्ने सूचना केही दिन पहिल्यै थियो : भन्सार प्रमुख

२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् । सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको उनले बताएका छन् । शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर पाण्डेले भने, ‘त्यही सूचनाको आधारमा हिजो पनि प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ […]

मुख्‍य समाचार राजनीति

कांग्रेसका ४ नेताले समानुपातिक सूचीबाट फिर्ता लिए नाम

२२ मंसिर, काठमाडौं । गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् । समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्ण दुलालले जानकारी दिए । ‘गोपालमान श्रेष्ठ र बालकृष्ण पाण्डेकले […]