२८ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति

कांग्रेस र एमाले एकै बिन्दुमा उभिए मुलुकको समस्या समाधान हुन्छ : डा.कोइराला

२२ वैशाख, बाँके । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन् । कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए । निर्वाचन […]

खेलकुद

वेष्टइण्डिज ए माथि नेपालको सानदार जित

२२ वैशाख, काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी-२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको सानदार जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३(२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ […]

सूचना प्रविधि

नेसनल आईसिटी अवार्ड २०२४ बाट डायनामिक टेक्नोसफ्ट सम्मानित

२२ वैशाख, काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ । नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो । वीरगंजमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी […]

खेलकुद मुख्‍य समाचार

वेष्टइण्डिज ए विरुद्ध नेपालले पायो १७३ रनको लक्ष्य

२२ वैशाख, काठमाडौं । वेष्टइण्डिज ए ले पाँचौं तथा अन्तिम टी–२० खेलमा घरेलु टोली नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । वेष्टइण्डिज ए का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित ४२ […]

मुख्‍य समाचार समाचार समाज

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी

२२ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ […]

मुख्‍य समाचार राजनीति

वर्तमान सरकारको आयु लामो छैन : डा. महत

२२ वैशाख, काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताएका छन् । शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रियामा उनले वर्तमान सरकारको आयु चाडै टुङ्गिने बताए । उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

वेस्टइण्डिजविरुद्ध नेपालले फिल्डिङ गर्दै, टोलीमा २ परिवर्तन

२२ वैशाख, काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी-२० खेलमा वेष्टइण्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजका कप्तान रोस्टन चेशले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । चौथो खेलबाट नेपालले दुई परिवर्तन गरेको छ । स्पिनर सागर ढकाल र अनिल शाह खेल्दा ललित नारायण राजवंशी र गुलशन झालाई बाहिर […]

मुख्‍य समाचार राजनीति

सरकारका काम कारबाहीबारे जनताले थाहा पाउनुपर्छ : राष्ट्रपति पौडेल

२२ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको भन्दै नागरिक सुसूचित हुनु पर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १७औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले गरेका काम, कारबाहीबारे जनताले थाहा पाउनु पर्ने बताए । जनताले आफूले तिरेको […]

खेलकुद मुख्‍य समाचार

कोलकातासँग हारले मुम्बई लिगबाटै बाहिरिने लगभग पक्का

२२ वैशाख, काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ । कोलकाताको यो मुम्बईको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बई लिगबाट बाहिरिन अव औपचारिकता मात्रै बाँकी छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा […]

खेलकुद मुख्‍य समाचार

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

२२ बैशाख , काठमाडौं । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ। पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ। नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो। चार खेल […]

मुख्‍य समाचार समाचार समाज

आगलागीको प्रदूषणले बझाङका अधिकांश भूभाग अँध्यारो

२१ वैशाख, बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ । मध्याह्नतिर वातावरण प्रदुषण भएपछि एक गाउँबाट अर्को गाउँसमेत नदेखिएको जयपृथ्वी नगरपालिका–४ का सत्यराज जोशीले बताए । उनले भने, ‘मध्याह्नको बेला यस्तो अँध्यारो त कहिल्यै देखिएको थिएन । यो पटकको प्रदूषणले भने बझाङको अवस्था […]

मुख्‍य समाचार राजनीति

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : ओली

२१ वैशाख, नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौं जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक भएको बताए । उनले भने, ‘मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्‍याइने छ । […]