२८ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार

‘घरजग्गा कारोवारको पारदर्शिता कायम गर्ने विषय चुनौतीपुर्ण’

२३ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा कारोवारमा पारदर्शिता कायम गर्ने कुरा प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित रियल स्टेट सम्मेलन २०२४ कार्यक्रममा उनले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोवार गर्ने परिपाटीले एकातिर सरकारले राजस्व गुमाइराखेको साथै अर्कोतिर लगानीकर्ता र घर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बागलुङका टीकाबहादुर ४८ वर्षदेखि ठेकी बनाउँदै

२३ वैशाख, बागलुङ । शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिए बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा । हुर्कदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उनमा । छ दशक हुँदा पनि चुनारा दैनिकजसो […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पोखरामा खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी

२३ वैशाख, गण्डकी । लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन् । पानीको स्रोत भएको स्थान खुर्वादीबाट लिफ्टिङ गरेर बर माझथरको सिरान हुडिकोटसम्म पुर्‍‍याइएको पानी यहाँका ११३ घरधुरीले उपयोग गरिरहेकोमा खडेरीका कारण पानीको स्रोत कम हुन थालेको स्थानीय युवा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

२३ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो । रु छ हजार पाँच सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीका थारु समुदायमा भजहरको रौनक

२३ वैशाख, कैलाली । शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुडियाका एक सय ७४ थारु समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्कीए । शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका थारु समुदाय पनि नदी छेउमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार

२३ वैशाख, ह्युस्टन । अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ । राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो (आइतबार)सम्म हुने पोष्ट गरेको छ । ह्युस्टनबाट ३० माइल (५० किलोमिटर) […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङमा रायोको साग बेचेर लाख आम्दानी

२३ वैशाख, बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ । तर बागलुङको रायडाँडामा भने यो लागु हुँदैन । यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन् । यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ । अहिले […]

मुख्‍य समाचार समाज

काठमाडौँको वायु अझै अस्वस्थ

२३ वैशाख,काठमाडौँ । आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० एक सय ७७ पुगेको छ । गत बिहीबार वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० एक […]

मुख्‍य समाचार राजनीति समाचार

जापानकी विदेशमन्त्री कामीकावाको भ्रमण तालिकामा के छ ?

२३ वैशाख, काठमाडौं । जापानकी विदेशमन्त्री कामीकावा योको नेपालको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी कामीकावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । कामीकावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका प्रवक्ता […]

मुख्‍य समाचार समाचार समाज

ललितपुरमा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते

२३ वैशाख, काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी हुँदा पाँच जना घाइते भएका हुन् । घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई […]

मनोरन्जन मुख्‍य समाचार समाज

ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना

२३ वैशाख, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा रहेको सरु संगीत घरले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना गरेको छ । शनिबार एक समारोहकाबिच उक्त पुरस्कारको घोषणा गरिएको हो । सरु संगीत घरका संस्थापक एवम प्रवन्ध निर्देशक डेनी निरौलाका अनुसार पुरस्कार गीत संगीत तथा नृत्यका क्षेत्रमा योगदान पुर्याउने एकजना विशिष्ट साधकलाई आगामी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

१०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि

२३ वैशाख, काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । त्यसबारे […]