११ श्रावण २०८१, शुक्रबार
राजनीति

एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने

२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाइने जानकारी दिए । त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने उनले बताए ।

समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए । कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठबिना एनसेल खरिद बिक्री यो रुपमा गर्न सम्भव नभएको बताएका थिए।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेल बिक्री गरेको नभई बिक्रीको नाटकमात्र गरेको हुन सक्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्