२७ श्रावण २०८३, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

८ जेठ, म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ […]

मुख्‍य समाचार समाज

‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’

८ जेठ , काठमाडौँ । विश्वभर बौद्ध दर्शनको सान्र्दभिकता बढ्दै गएको तथा त्यो सर्वदा रहने बौद्धविद्वान्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका वक्ताले बुद्धदर्शनको सान्दर्भिकता नेपालसहित विश्वभर बढ्दै गएको तथा त्यो सर्वदा रहने बताएका हुन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

८ जेठ, महोत्तरी । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द […]

मुख्‍य समाचार समाज

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

८ जेठ, काठमाडौँ । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र […]

अर्थ मुख्‍य समाचार समाचार

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

८ जेठ , वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो । महानगरले गत आवको […]

मुख्‍य समाचार राजनीति

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कांग्रेसको अवरोध कायमै

८ जेठ , काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दैछ । तर सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठनका विषयमा सहमति नभए अवरुद्ध पार्ने जनाएको छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको […]

मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार

८ जेठ , काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले स्थापनाको २५ औं चलचित्र पत्रकारिता दिवस तथा रजत स्थापना दिवसको अवसर पारेर चलचित्र पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको छ । सोमबार साँझ राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री रघुवीर महासेठले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरीलाई […]

मनोरन्जन मुख्‍य समाचार

असार ७ मा ‘शिरफूल’

८ जेठ , काठमाडौं । निर्देशक कमल एक्चै मगर निर्देशित फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शीरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको छ । ‘शिरफूल आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा […]

अर्थ मुख्‍य समाचार

डलरको भाउ स्थिर, अरूकोकति?

७ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।आइतबार देखिनै डलरको भाउको स्थिर रहेको हो। त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ […]

मुख्‍य समाचार राजनीति

महाधिवेशन प्रतिनिधि चयन गर्न जसपा नेपालले बनायो निर्वाचन समिति

८ जेठ , काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रत्येक प्रदेशमा ३ सदस्यीय समिति हुने गरी प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले कोसी प्रदेश निर्वाचन समितिको संयोजकमा […]

खेलकुद मुख्‍य समाचार

कोपा अमेरिका खेल्ने अर्जेन्टिनी टोली घोषणा

८ जेठ ,काठमाडौं । कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । यही २९ सदस्यी टोलीबाट अन्तिम २६ सदस्य चयन गर्ने छन् । लियोनल मेस्सीको कप्तानीमा कोपा खेल्न लागेको टोलीमा पाउलो डिबालाले भने मौका पाएनन् । कोपा अमेरिका २०२४ जुन २० देखि जुलाई १४ सम्म संयुक्त राज्य […]

मुख्‍य समाचार समाज

कोशी र लुम्बिनीसहित पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

८ जेठ , काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज पनि देशका केही भागहरुमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ […]