२७ श्रावण २०८३, बुधबार

म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती

म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यावसायिक रूपमा आलुखेती गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । […]

मनोरन्जन मुख्‍य समाचार

पुजार सार्की’ रिलिज छेकोमा पलमाथि प्रहरीको धरपकड !

फिल्म ‘पुजार सार्की’ यही जेठ १० गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिजको छेको पारेर फिल्मका नायक पल शाहले प्रहरीले आफूलाई धरपकड गरेको दुई तस्वीर सार्वजनिक गरेका छन् । यी तस्वीर वास्तविक नभई फिल्मको दृश्य हुन् । उनले मंगलबार बिहान फेसबुकमा सार्वजनिक गरेको तस्वीरमा पललाई वृद्ध अवस्थाको लुक्समा देखाइएको छ । तस्वीरमा उनलाई प्रहरीले जबरजस्ती पक्राउ […]

बागमती मुख्‍य समाचार समाज

सिन्धुपाल्चोकमा ‘आमा बचाउ’ अभियान

8 जेठ, काठमाडौँ ।जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले बताए। गाउँपालिकामा शिविर सञ्चालन गरी आङ खस्ने समस्या भएकाको शल्यक्रिया गर्न बिरामी छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी निःशुल्क […]

अर्थ मुख्‍य समाचार

सुनको मूल्य घट्यो

8 जेठ, काठमाडौँ ।स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा रु […]

मुख्‍य समाचार समाचार

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब

८ जेठ, लमजुङ । सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन । हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले राससलाई बताए […]

मुख्‍य समाचार समाचार

चितवनमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, २ को अवस्था गम्भीर

८ जेठ, चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

इरानमा मोख्बर कार्यवाहक राष्ट्रपति नियुक्त

७ जेठ , काठमाडौं । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो । ६८ वर्षीय मोख्बर इरानको शिया धर्मतन्त्रमा अन्य राजनीतिक नेताहरूको तुलनामा धेरै हदसम्म चर्चाबाट टाढा रहने व्यक्ति हुन् । राईसीको मृत्युपछि मोख्वर एक्कासी […]

मुख्‍य समाचार राजनीति

सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सुरु

८ जेठ , काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन् । सोमबार […]

मनोरन्जन मुख्‍य समाचार

‘पुजार सार्की’का प्रदीपः रियलमा तबला, रिलमा दमाहा

७ जेठ , काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली फिल्ममा अभिनयको सुरुवात प्रेमकथाका फिल्मबाट गरे । फिल्म ‘प्रेमगीत’बाट ‘लभर ब्वाई’ र ‘रोमान्टिक हिरो’को छवि बनाएका प्रदीप फिल्म ‘प्रकाश’ अघिसम्म त्यही छविमा स्थापित भए । तर ‘प्रकाश’ले उनलाई फरक अभिनेताका रुपमा दर्शक र फिल्मकर्मीमाझ चिनायो । यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’मा उनी […]

मुख्‍य समाचार समाज

पशुपतिनाथको भेटी चोर्ने ८ जना पक्राउ

८ जेठ , काठमाडौ । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

८ जेठ , बागलुङ। बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

८ जेठ, म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ […]