२२ बैशाख २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति

महाधिवेशन प्रतिनिधि चयन गर्न जसपा नेपालले बनायो निर्वाचन समिति

८ जेठ , काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रत्येक प्रदेशमा ३ सदस्यीय समिति हुने गरी प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले कोसी प्रदेश निर्वाचन समितिको संयोजकमा राजकुमार राजवंशी, मधेस प्रदेशमा सन्तोष साह बागमती प्रदेशमा विमल विश्वकर्मा र गण्डकी प्रदेशमा कमल थापालाई प्रदेश निर्वाचन समितिको संयोजक तोकेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश निर्वाचन समितिको संयोजक सुधाकर मिश्रा, कर्णालीमा फत्ते सोती र सुदूरपश्चिम प्रदेश निर्वाचन समितिको संयोजकमा दानसिंह जोशी चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिले हरेक जिल्ला जिल्लामा निर्वाचन अधिकृत समेत खटाएको छ ।

पार्टीको महाधिवेशनको कार्यतालिकाअनुसार जेठ १० गतेसम्म प्रतिनिधि निर्वाचन गरी सक्नुपर्ने छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।