२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

पर्सामा श्रृंखलाबद्ध हत्या र डकैतीमा संलग्न अभियुक्त २५ वर्षपछि पक्राउ

७ जेठ, काठमाडौं । दुई जनाको हत्या आरोपमा वीरगञ्ज प्रहरीले २५ वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-५ का ७२ वर्षीय प्रेम गिरी रहेका छन् । विशेष सूचनाको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार विक्रा थापाले जानकारी दिए । उनका […]

मुख्‍य समाचार राजनीति

बालेनको चेतावनी : सिंहदरबार, पार्टी कार्यालय र नेताका घरबाट फोहोर उठ्दैन

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् । फोहोर बोक्ने सवारीका चालकहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने चेतावनी मेयर साहले दिएका हुन् । ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ […]

मुख्‍य समाचार राजनीति

कतिपय शक्ति केन्द्रहरु शान्ति प्रक्रिया भाड्न खोज्दैछन् : देवप्रसाद गुरुङ

७ जेठ, काठमाडौं। सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । सोमबार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरुले नेपालमा पनि शान्ति प्रक्रियालाई भडकाउने प्रयास गरिरहेको दाबी समेत गरे । उनले भने, […]

मुख्‍य समाचार समाचार समाज

विश्व नापतौल दिवस मनाइयो

७ जेठ, काठमाडौँ । ‘भोलिको दिगोपनका लागि आज मापन गछौँ’ मूल नाराका साथ आज विश्व नापतौल दिवस मनाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँको आयोजनामा विश्व नापतौल दिवस मनाइएको हो । फ्रान्सको पेरिसमा सन् १९७५ मा संसारभरि एकै प्रकारको नापतौल प्रणाली लागू गर्ने उद्देश्यले सुरु भएको मिटर सम्मेलनलाई […]

अर्थ मुख्‍य समाचार समाचार

१३ खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात

७ जेठ काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियोभने रु एक खर्ब २६ अर्ब १७ करोड […]

मुख्‍य समाचार समाचार समाज

बिमस्टेक बडापत्र आजदेखि कार्यान्वयनमा

७ जेठ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र आजदेखि कार्यान्वयनमा गएको छ । सातवटा सदस्य राष्ट्रमध्ये नेपालले आन्तरिक प्रक्रिया अन्तर्गत २० चैत्र (२ अप्रिल) मा प्रतिनिधिसभाबाट अनुमोदन गरेसँगै स्थापना भएको तीन दशकपछि बिमस्टेक बडापत्र कार्यान्वयनमा गएको हो । बिमस्टेक महासचिव इन्द्रमणि पाण्डेले बडापत्र कार्यान्वयनका लागि आवश्यक सबै […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । ९ जेठ बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी संयुक्त बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।

मुख्‍य समाचार राजनीति

सभामुखलाई धनराज गुरुङको पत्र : गृहमन्त्रीलाई संसदको अवहेलनामा कारबाही होस्

७ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको माग गर्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले सभामुखलाई निवेदन दिएका छन् । गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्नुपर्ने गुरूङको माग छ । […]

मुख्‍य समाचार समाचार

नवलपरासीमा करोडौँ लागतमा बनेका दुई बसपार्क प्रयोगविहीन

७ जेठ, नवलपरासी । पश्चिम नवलपरासीमा करोडौँ लागतमा बनेका दुई बसपार्क निर्माण भएको वर्षौँ बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । रु तीन करोड ३५ लाखमा परासी र रु एक करोड १३ लाखमा महेशपुरमा निर्माण भएका बसपार्क प्रयोगविहीन भएका हुन् । रामग्राम नगरपालिका–४ स्थित केरवानी र पाल्हीनन्दन गाउँपालिका–१ स्थित रमपुरवामा करोडौँको लागतमा बनेका दुई बसपार्क […]

मुख्‍य समाचार राजनीति

सभामुख दलको इशारामा चले, सरकार ठगहरु बचाउनतर्फ लाग्यो : कांग्रेस

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको संसदीय प्रणालीमा नौलो र दुःखदायी घटना सरकारबाट मञ्चन भएको बताएको छ । आफूहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिएपछि सरकारले बलमिच्याइँ र तानाशाही व्यवहार देखाएको कांग्रेसको आरोप छ । सोमबार प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख […]

मुख्‍य समाचार समाज

सुर्खेत बस दुर्घटना : दुईजनाको मृत्यु, २१ घाइते

७ जेठ, सुर्खेत । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो । दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आउनुभएका ६५ वर्षीय शेरबहादुर खड्का र […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित छ : प्रमुख सचेतक बर्तौला

७ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय छानविन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन् । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन् । ‘त्यो यो संसदीय छानविन समितिले […]