१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आइतबार संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् । संसदीय दलको कार्यसमितिमा भने संसदीय […]

मुख्‍य समाचार समाचार समाज

डोल्पा आगलागीमा गम्भीर घाइते भएका तीनै बालकको मृत्यु

१ वैशाख, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवश बुढा र […]

मुख्‍य समाचार समाचार समाज

बिस्केटसहित भाँतिभाँतिका जात्रा हेर्न भक्तपुरमा हजारौँको भीड

१ वैशाख, भक्तपुर। परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै आज यहाँ सञ्चालन हुने थरीथरीका जात्रा हेर्न  हजारौँको भीड लागेको छ ।  भेलुखेलस्थि ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकाङ्क्ष पूरा हुने , […]

फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज

अढाइ सय वर्ष पुरानो थारूको ऐतिहासिक मन्दिर थान पोखरी, बजेट अभावमा जीर्ण

१ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा रहेको २५६ वर्ष भन्दा पुरानो थारूको ऐतिहासिक मन्दिर थान पोखरी र यससँगैको सन्दासी बाबा मन्दिर संरक्षण अभावमा जीर्ण बनेको छ । वि.सं. १८२५ मा निर्मित र धार्मिक पोखरीको रुपमा परिचित यो देवस्थल आदिवासी थारू जातिको आस्था र विश्वासको धरोहर हो । अनिकाल, महामारी, रोग व्याधी, निःसन्तान, ठूला […]

खेलकुद समाचार समाज

नेपालले आज कतारसँग खेल्दै

१ वैशाख , काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउनेक्रममा २६ रनले पराजित भएको थियो […]

मुख्‍य समाचार समाचार समाज

शिरमा पानी दिँदै ‘जुर शीतल पर्व’ मनाउँदै थारू समुदाय

१ वैशाख,काठमाडौं। थारु समुदाय आज शिरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’ पर्व मनाउँदैछन्। तराईमा गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता प्रदान गरोस् भन्दै जुर शीतल मनाउन लागेको हो। जुरको अर्थ भाग्य र चिसो पनि। यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्यको […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

१ वैशाख, काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको […]

मुख्‍य समाचार समाचार समाज

माइतीघरदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

३० चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ । गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । चौतर्फी आलोचनापछि सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो । शुक्रबार […]

खेलकुद मुख्‍य समाचार

मलेसियालाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

३० चैत, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे । कप्तान रोहित […]

मुख्‍य समाचार समाचार समाज

नयाँ भूमि आयोग गठन गर्न सर्वोच्चको रोक

३० चैत, काठमाडौं । नयाँ भूमि आयोग गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले निरन्तरता पाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्चको एकल इजलासले आयोग खारेज गर्नुको कारण माग्दै नयाँ आयोग बनाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रबार संयुक्त इजलासमा सहन्यायाधिवक्ता सूर्यराज […]

मुख्‍य समाचार

त्रिविमा रेक्टर र रजिष्ट्रार नियुक्त

३० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । उपकुलपति प्रा.डा.केशरजंग बरालले त्रिवि ऐन अनुसार रेक्टर र रजिस्ट्रामा सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

खेलकुद

दीपेन्द्रको कसिलो बलिङमा मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

३० चैत, काठमाडौं – स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र […]