२६ श्रावण २०८३, मंगलवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’

३१ जेठ, गण्डकी । गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१ – ०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, आषधिजन्य प्रयोगका निम्ति गाँजा, अकबरे खुर्सानी, […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

३१ जेठ, वीरगञ्ज । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाको बैठक सुरु, तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

३१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत […]

मुख्‍य समाचार समाज

कलंकी–चाबहिल सडक निर्माणका लागि संसदमा संकल्प प्रस्ताव

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलंकी–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेल प्रस्तावक तथा कांग्रेस सांसदहरु गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपना राजभण्डारी, अम्बिका बस्नेत […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

कुवेत आगलागी : ४९ मृतकमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि

३१ जेठ, काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

लगातार तेस्रो जीतसँगै वेष्टइन्डिज सुपर-८ मा

३१ जेठ, काठमाडौं । आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश गरेको हो । १५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ४०, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

लेबनानको भूमिबाट इजरायलमा रकेट आक्रमण

३१ जेठ, काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन । इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए । उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका हालसम्मका सबैभन्दा उच्च कमाण्डर भएको बीबीसीले जनाएको छ । त्यिसको […]

मनोरन्जन मुख्‍य समाचार

मुम्बई क्राइम ब्रान्चले लियो सलमान र अरबाजको बयान

३१ जेठ, काठमाडौं । मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ । सलमानले बयानमा आफ्नो घरमा लरेन्स विश्नोई गिरोहले गरेको गोलाबारी घटनालाई लिएर आफ्नो परिवारको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका छन् । खानलाई बुधबार मुम्बई क्राइम ब्रान्चले घटनाबारे बयान दिन बोलाएको […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

३१ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती

३१ जेठ, रामेछाप । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ । विसं २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका÷प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन । उक्त कम्पनीले रु १४ करोड २७ लाखमा निर्माण पूरा गर्नेगरी सरकारसँग सम्झौता […]

मुख्‍य समाचार समाचार समाज

एकल महिलालाई आत्मनिर्भर बनाउने पालिकाको प्रयास

३१ जेठ, चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ । यहाँ बुधबार आयोजित एक कार्यक्रममा प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो । नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले […]

मुख्‍य समाचार समाज

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

३१ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए । विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए । […]