२६ श्रावण २०८३, मंगलवार
खेलकुद मुख्‍य समाचार

क्यान नेतृत्वमाथि  छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई

३० जेठ , काठमाडौं । सांसद भिमप्रसाद आचार्यले विश्वकप प्रतियोगिताको दौरान नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वमाथि आर्थिक अनियमितता गरेको देखि विभिन्न गलत कार्य गरेको आरोप लागिरहेको भन्दै क्यान नेतृत्वमाथि छानबिन गरी सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सांसद आचार्यले विश्वकप खेल्न अमेरिकामा रहेका नेपाली राष्ट्रिय टोलीलाई क्यान नेतृत्वले होटलमा […]

गण्डकी मुख्‍य समाचार

पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त

गण्डकी, ३० जेठ :  जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ । गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवै तर्फ पार्किक निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लङ्घन भएको हो । पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो । पार्किङ […]

मनोरन्जन मुख्‍य समाचार

सामाजिक विकृतिविरुद्ध कलाकार क्रियाशील हुनुपर्ने

३० जेठ, काठमाडौँ । आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध क्रियाशील हुनुपर्नेमा सिनेक्षेत्रका व्यक्तिहरूले जोड दिएका छन् । नेपाल चलचित्र कलाकार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित छलफलमा वक्ताहरूले सामाजिक रुपान्तरणमा कला र कलाकार सशक्त माध्यम भएकाले धूमपान, मद्यपानका साथै बहुविवाहलगायत सामाजिक विकृतिविरुद्ध उनीहरू खुलेर लाग्नुपर्नेमा जोड दिएका थिए । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गण्डकी सरकार ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’कार्यक्रम सञ्चालन गर्दै

३० जेठ, गण्डकी । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो । सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

मकवानपुरमा आगलागी हुँदा घरमा राखेको सबै अन्न नष्ट

३० जेठ, काठमाडौँ ।  मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेस्याङतानको घरमा आगलागी हुँदा घरमा राखेको सबै अन्न नष्ट भएको छ । मकवानपुरगढी गाउँपालिका–३ धमिलेस्थित अध्यक्ष स्याङ्तानको काठको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा २५ मुरी धान, १५ मुरी कोदो, १० मुरी मकै, लत्ताकपडा, फर्निचरलगात सामान जलेका प्रहरीले जनाएको छ ।

प्रदेस समाचार बागमती मुख्‍य समाचार

राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

३० जेठ, वाग्मती । वाग्मती मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दासेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो […]

मुख्‍य समाचार समाचार समाज

पहिरोमा पुरिएर १ को मृत्यु, दुईजना घाइते

३० जेठ, सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका […]

अनौठो संसार मुख्‍य समाचार

वैज्ञानिकले बनाए अनौठो स्मार्ट चक्की, कम गर्छ भोक र घटाउँछ वजन

३० जेठ, काठमाडौं । संसारभरका वैज्ञानिकहरुले दिनहुँ एक न एक नयाँ खोज तथा आविष्कार गरिरहेका हुन्छन् । नयाँ अनुसन्धानसँगै मानव जीवनले भोगिरहेका समस्याको समाधान खोजिन्छ । यसै क्रममा वैज्ञानिकहरुले एउटा यस्तो स्मार्ट पिल्स पत्ता लगाएका छन् जुन मानिसमा भोक कम गर्न तथा वजन घटाउनमा रामवाण हुने दाबी गरिएको छ । हालै साइन्स जर्नलमा प्रकाशित एक […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ : माधवकुमार नेपाल

३० जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे । बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ […]

मुख्‍य समाचार सूचना प्रविधि

आइफोनमा अब कल रेकर्डको सुविधा

३० जेठ, काठमाडौँ । एप्पलले आईओएस १८ लन्च गरेको छ । यो अहिले डेभलपर्सका लागि मात्रै उपलब्ध छ । तर यसका फिचरहरू भने सार्वजनिक भएका छन् । एप्पलले वल्र्डवाइड डेभलपर्स कन्फेन्स २०२४ मा आईओएस १८ लन्च गरेको हो । कम्पनीले पहिलो पटक एप्पलमा कृत्रिम बौद्धिकता सपोर्ट दिएको छ । कम्पनीले फोनमा कल रेकर्डिङ सुविधा पनि […]

खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकप : आज भारत र अमेरिका भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा बुधबार राति पूर्वविजेता भारतले पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकाको सामना गर्ने भएको छ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे देखी सुरु हुनेछ । अमेरिका र भारत दुबै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा जित हात पार्ने टोली प्रतियोगिताको […]

अन्तर्वार्ता मुख्‍य समाचार

हामीले क्रिकेट संघमा पारदर्शिता र अनुशासन चाहेका हौं : विप्लव घोष

३० जेठ , काठमाडौँ । सुनसरीका विप्लव घोष करातेका पूर्वखेलाडी हुन् । नेपाली खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा सक्रिय उनी पछिल्लो समय एक दिवसीय क्रिकेट प्रतियोगिताहरुको आयोजना गरेर बढी चर्चामा छन् । नेपाल खेलकुद महासंघको सचिवसमेत रहेका उनले नेपाल क्रिकेट संघ(क्यान) भित्र देखिएको बेथितिविरुद्ध आवाज उठाउँदै आएका छन् । साथै खेलकुद क्षेत्रलाई बजेट विनियोजनमा सरकारले […]