२६ श्रावण २०८३, मंगलवार
अन्तर्वार्ता मुख्‍य समाचार

हामीले क्रिकेट संघमा पारदर्शिता र अनुशासन चाहेका हौं : विप्लव घोष

३० जेठ , काठमाडौँ । सुनसरीका विप्लव घोष करातेका पूर्वखेलाडी हुन् । नेपाली खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा सक्रिय उनी पछिल्लो समय एक दिवसीय क्रिकेट प्रतियोगिताहरुको आयोजना गरेर बढी चर्चामा छन् । नेपाल खेलकुद महासंघको सचिवसमेत रहेका उनले नेपाल क्रिकेट संघ(क्यान) भित्र देखिएको बेथितिविरुद्ध आवाज उठाउँदै आएका छन् । साथै खेलकुद क्षेत्रलाई बजेट विनियोजनमा सरकारले […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

३० जेठ, सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’,ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ । वर्षाका कारण मकालु […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

३० जेठ, चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा सो […]

मुख्‍य समाचार राजनीति

‘सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ’

३० जेठ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

३० जेठ, म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मङ्गला गाउँपालिका–२ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत–बाबियाचौर– लाम्पाटा–पानाबगर हुँदै […]

मुख्‍य समाचार समाज

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

३० जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण

३० जेठ, खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो । “सन्ताउन्न वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

३० जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन्। मङ्गलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेशनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेको […]

मुख्‍य समाचार

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

३० जेठ, काठमाडौँ । अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टलरहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले बताए। “मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

टी-२० विश्वकप : अष्ट्रेलियाको लगातार तेस्रो जित

 ३० जेठ,काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को समूह चरणमा अष्ट्रेलियाले लगातार तेस्रो जित हात पारेको छ । आज बिहान वेष्टइन्डिजको नर्थ साउण्डमा भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो । नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका डेभिड वार्नरले ८ बलमा २० […]

मुख्‍य समाचार समाचार समाज

त्रिविको जग्गा छाड्न सुमो व्यवसायीको आनाकानी

३० जेठ, काठमाडौं । यातायात व्यवसायीले बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको जग्गा छाड्न आनाकानी गरेको छ । व्यवसायीले पूर्ण रुपमा नछोड्दा काम गर्न समस्या भइरहेको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयले जनाएको छ । २० जेठमा व्यवसायीहरुले सुमो हटाएपछि संस्थानले घेरबार लगाउने भनेर काम अगाडि बढाएको थियो । तर, व्यवसायीले अहिले फेरि सुमो पार्क गर्न थालेका छन् […]

मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा बोक्सी भन्दै महिलामाथि कुटपीट

३० जेठ, जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ । महोत्तरीको भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपीट भएको दाबी गरेकी हुन् । कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ । गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक […]