१ चैत्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

१६ बैशाख, काठमाडौ । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिए । उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले सङ्केत गरेको छ । […]

खेलकुद

नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य

१६ वैशाख, काठमाडौं । वेस्टइन्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । गुडाकेश मोतीले तल्लोक्रममा ८ […]

बैंक–वित्त

शंखमुलको दोभान पुल नजिक आगलागी, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

१६ वैशाख, काठमाडौं । काठमाडौंको शंखमुलमा आगलागी भएको छ । दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ […]

अर्थ

नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि स्वागत गर्ने देश हो : प्रधानमन्त्री प्रचण्ड

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताएका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए । उनले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, […]

मुख्‍य समाचार राजनीति

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा

१६ वैशाख, काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् ।   आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनीले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् […]

राजनीति

इलाम-२ मा मतगणाना सुरू

१६ वैशाख, इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला […]

खेलकुद मुख्‍य समाचार

नेपालको प्लेइङ ११ मा आज ५ परिवर्तन

१६ वैशाख, काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध आफ्नो प्लेइङ ११ मा पाँच पारिवर्तन गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पहिलो खेलबाट नेपालले विवेक यादव, प्रतिश जि.सी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित […]

अर्थ मुख्‍य समाचार

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

१६ वैशाख, काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिनुभएको छ भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको […]

राजनीति समाज

लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

१६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । हेर्नुहोस् राष्ट्रपतिले जारी गरेको अध्यादेश : 

अर्थ

नेपालमा लगानी गर्नुस, सहकार्य गर्न तयार छौँ : ढकाल

१६ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । तेस्रो लगानी सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए । विश्वका ठूला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको […]

राजनीति

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने

१६ वैशाख, इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेपछि हुने भएको छ । केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी थियो तर सर्वदलीय बैठक हुन समय लागेकाले ११ बजेदेखि […]

अर्थ

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य : अर्थमन्त्री

१६ वैशाख, काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्धेश्य रहेको बताए । उनले आफूहरुको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आएकामा सम्मेलनका पाहुनाप्रति आभार व्यक्त गरे । सम्मेलनमार्फत नेपालले […]