२५ श्रावण २०८३, सोमबार
खेलकुद मुख्‍य समाचार

अफगानिस्तानले बंगलादेशलाई दियो १ सय १६ रनको लक्ष्य

११ असार, काठमाडौं । आइसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेश सामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सेन्ट भिन्सेटमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले  निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन जोडेको हो । सेमिफाइनल प्रवेशका लागि भैरहेको महत्वपूर्ण खेलमा अफगानिस्तानका लागि ओपनर रहमुतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन […]

मुख्‍य समाचार राजनीति

जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै

११ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ। रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेका हुन्। टोलीले भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको उच्च तहका नेतासँग भेटवार्ता गर्ने एमालेले जनाएको छ । उक्त नेताका […]

खेलकुद मुख्‍य समाचार

सातौं एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक

११ असार, काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगै थप १ रजत र १ कांस्य पनि जितेको हो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेका हुन् […]

मुख्‍य समाचार राजनीति

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

११ असार, काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसकेका छन् । यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दैछन् । बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई […]

मुख्‍य समाचार समाचार समाज

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

१० असार,सुनसरी । धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनहरुको विश्वास छ । झापाबाट श्राद्ध […]

मुख्‍य समाचार समाचार समाज

सालक संरक्षणका लागि अभियान सञ्चालन गर्न सुझाव

१० साउन, सिन्धुपाल्चोक । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक संरक्षणका लागि सचेतनात्मक अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । लोपोन्मुख सालकसम्बन्धी विभिन्न चेतनामूलक सामग्री तयार गरी अभियान सञ्चालन गर्न सकेमा मात्र सालक चोरी निकासी न्यूनीकरण हुने उनीहरुको भनाइ छ । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको ‘सरोकारवालासँग सालकको बासस्थान संरक्षण […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले पार्टीमाथि लागेका दागहरु सफा गर्न आवश्यक छ’

१० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, कांग्रेसले पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित स्वर्गीय नन्दप्रसाद शिवाकोटीको स्मृतिसभा तथा पुस्तक विमोचन समारोहमा उनले, कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको भन्दै फोहोर सफा गर्न ऐनामा लागेको फोहोर मेटेर नहुने बताए । यस्तै, पार्टीमा ठूलो योगदान […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीमाथि लेखकको व्यङ्ग : हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ

१० असार, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सेचतक रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘राम्रो प्रधानमन्त्री नभई राम्रो जादुगर’ भएको भन्दै व्यङ्ग गरेका छन् । सोमबार स्वर्गीय नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले  प्रधानमन्त्रीले एउटा कार्यक्रममा आफूसँग जादुयी संख्या रहेको भनेर गरेको टिप्पणीमाथि व्यङ्ग गर्दै प्रधानमन्त्री जादुगर भएको […]

मुख्‍य समाचार समाचार समाज

माथिल्लो त्रिशूली–१ निर्माण तीव्र गतिमा

१० असार, रसुवा । यहाँको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो दुई सय १६ मेगावाट क्षमताको छ । सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको […]

मुख्‍य समाचार समाचार समाज

एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर

१० असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती […]

मुख्‍य समाचार राजनीति

बालेनलाई पराजुलीको सुझाव–‘कमजोरीलाई सुधारौं भन्दा मान्नुहुन्न भने रामराम भन्छौं काँध थाप्दैनौं’

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निणर्य गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन् । सोमबार नगर बजेट सार्वजनिक कार्यक्रममा एमालेका नगर सभा सदस्य पराजुलीले भने ‘हेर्दा तपाइँ स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरुले राम्रा काममा तपाइँलाई साथ दिन्छौं । अब नराम्रो गर्न […]

मुख्‍य समाचार राजनीति

अन्तरराष्ट्रिय आवश्यकताका आधारमा बजेट विनियोजन भएको छ : मन्त्री चौधरी

१० असार, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अगामी बजेटमा मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायतलाई विषेश प्राथमिकतामा राखेको बताएकी छिन् । सोमबारको प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री चौधरीले संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरु कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरु कार्यान्वयन गर्न […]