२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार

चट्टान आरोहणको केन्द्र बन्दै चुनपहरा

९ असार, डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै गएको छ । यहाँ पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउने गरिन्छ । प्रमाणित पर्वतीय पथप्रदर्शक उत्पादनका लागि यहाँ राष्ट्रियस्तरको ‘सर्टिफाइड कम्पोनेन्ट–२’अन्तर्गतको तालिममा सहभागीलाई प्रशिक्षण दिइरहेको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए […]

मुख्‍य समाचार राजनीति

एउटा जमातअवैध सम्पतिलुकाउन सिंगो सहकारीकै बदनाम गर्दैछःमन्त्रीअर्याल

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले, केहीव्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनामगर्ने गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित‘सहकारी रोजगार मेला २०८१’ को समापनकार्यक्रमलाई सम्बोधनगर्दै उनले सहकारीको योगदानलाई भुलेर केहीव्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गराउँने कामभइरहेको बताए । उनले भने, ‘नेपालमा सहकारीको मूल्यमान्यताअनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौं […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रियसभा बैठक : ‘छाउपडीप्रथाले महिला असुरक्षित’

९ असार, काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले छाउपडीप्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडीप्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा उहाँहरुले जोड दिएका छन् । राष्ट्रियसभा बैठकको आज विशेष समयमा सांसद रेणु चन्दले छाउपडीप्रथाले समाजिकरुपमा विकृति फैलाएको र महिलामाथि विभेद भइरहेको बताए । छाउपडीप्रथा उन्मूलनसम्बन्धी कानुनी र नीतिगत व्यवस्था […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

कम्पोष्ट मलका लागि ढैंचाखेती

९ असार, बाँके । बाँकेको खजुरा गाउँपालिका–७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गरेका छन् । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उनले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आएका हुन् । ३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैँचाको बोटले माटोमा नाइट्रोजन स्थिरीकरण गर्नाका साथै प्राङ्गारिक पदार्थको मात्रा […]

मुख्‍य समाचार राजनीति

‘सेनाको भर्ना तथा सरुवा–बढुवामा कुनै किसिमको भेद्भाव छैन्’

९ असार, काठमाडौं । रक्षा मन्त्री हरी उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेद्भाव नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव नहुने बताएका हुन् । उनले भने, ‘नेपाली सेनाको भर्ना […]

मुख्‍य समाचार समाचार समाज

शिक्षातर्फ आकर्षित हुँदै हरुवाचरुवा मुसहर समुदायका बालबालिका

९ असार, शम्भुनाथ । पढ्ने उमेर भए पनि जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका नौ वर्षीय प्रदीप सदा विद्यालय जान पाउँदैन थिए । घरदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको विद्यालय नगई घरमै खेलेर समय बिताउँथे । अहिले प्रदीप बिहान हुनेबित्तिकै झोलामा कापीकिताब बोकेर विद्यालय जान थालेका छन् । आमाबुवाले स्थानीय साहुको घरखेतमा काम गर्न […]

मुख्‍य समाचार समाचार समाज

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने

९ असार, चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । गत साता […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाको बैठक सुरु

९ असार, काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहेका छन् । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

मुख्‍य समाचार समाचार समाज

तारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने

९ असार, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु पाँच हजार प्रदान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

बागमती प्रदेशसभा बैठक मङ्गलबार बस्ने

९ असार, मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ । मङ्गलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकबारे छलफल गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले राससलाई जानकारी दिए । यस्तै यही असार १३ […]

मुख्‍य समाचार समाचार समाज

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु

९ असार, मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीलाई थापाको सुझाव, ‘भनेको नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने’

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई संविधान अनुसार नै दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा आज उनले समानीकरण अनुदान संघीय सरकारले दिने जिम्मेवारीको कुरा बकस दिए जसरी आएको बताए । समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व भएको […]