२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

सबै भाषा, संस्कृतिको सम्वद्र्धन र विकास गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

९ असार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको सम्वद्र्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति र दर्शनको विकास गर्न सरकारकातर्फबाट अधिकतम सहयोग गर्ने बताए। प्रतिष्ठानले […]

मुख्‍य समाचार राजनीति

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रस्तुत

९ असार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१’ पेस भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गरेका हुन् । राष्ट्रियसभाको आज बसेकोे बैठकमा उक्त विधेयक सर्वसहमतिबाट पारित भएको छ । नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पु-याउन उचित कानुनी व्यवस्था […]

मनोरन्जन मुख्‍य समाचार समाचार

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा

९ असार, म्याग्दी ।  बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडियो तयार गर्न लागिएको हो । युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको […]

मुख्‍य समाचार समाचार समाज

छाउपडी घटनाबारे राष्ट्रिय सभामा जवाफ दिन गृहमन्त्रीलाई निर्देशन

९ असार, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए । राष्ट्रिय सभाको आइतबारको बैठकमा अध्यक्ष दाहालले सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे सभालाई जानकारी […]

अर्थ मुख्‍य समाचार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

९ असार, काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो । आज तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर ६१ हजार […]

अर्थ मुख्‍य समाचार राजनीति

जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह

९ असार, काठमाडौँ । आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ । जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र नेपाल प्लाइउड उत्पादक सङ्घले आज पत्रकार सम्मेलन गरी स्वदेशकै वनपैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको कच्चापदार्थ भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुटको […]

मुख्‍य समाचार

सुशील प्याकुरेलले गरे राजदूत बन्न अस्विकार

९ असार, काठमाडौं । सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदुत बन्न अस्विकार गरेका छन् । दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नदिइएकामे भन्दै प्यकुरेलले सिफरिस फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

दक्षिणी मेक्सिकोका एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या

९ असार, काठमाडौँ । दक्षिणी मेक्सिकोका एक नगरप्रमुखको हत्या भएको एक हप्ताभन्दा कम समयमा अर्का नगरप्रमुखको पनि हत्या भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । गत जुन २ मा गुएरेरो राज्यका अर्का मेयर साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको हो । मालिनाल्टेपेकमा एक भ्यानको पछाडि टाउकोको पछाडिको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

९ असार, काठमाडौँ । भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको भारतीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् । तमिलनाडु राज्यका मुख्यमन्त्री एम.के स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको थियो । स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए । […]

मुख्‍य समाचार समाचार समाज

गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग

९ असार, गुल्मी । गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो । आगलागी घटनामा जिल्लामा सबैभन्दा प्रभावित इस्मा गाउँपालिकाका २८, मदाने गाउँपालिकाका १०, मुसिकोट नगरपालिकाका आठ, रुरुक्षेत्र […]

अर्थ खेलकुद मुख्‍य समाचार

बजेटको आकार सानो भएको कारण पूर्वाधारभन्दा कार्यक्रमलाई प्राथमिकता दिनुपर्यो : खेलकुदमन्त्री श्रेष्ठ

९ असार, काठमाडौं । युवा तथा रोजगारमन्त्री बिराजभक्त श्रेष्ठले क्रिकेटका सम्भावनालाई सम्बोधन गर्नेगरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रत्येक निर्वाचन क्षेत्रमा बजेट विनियोजन नगरिए पनि लायकको स्टेडियम भने बनाएरै छोड्ने प्रतिवद्धता जनाएका हुन् । […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा बैठक : ‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’

९ असार, काठमाडौँ । राष्ट्रियसभाको हमजको बैठकमा सांसदहरुले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताए । आज बसेको राष्ट्रियसभाको विशेष समयमा सम्बोधन गर्दै उनीहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा जोड दिए। सांसद जीतजङ्ग बस्नेतले वृद्धाभत्ता लिनलाई नागरिकता भए पुग्नेमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर झन्झटिलो प्रवधान बनाउँदा नागरिकलाई गाह्रो भइरहेको भन्दै यो व्यवस्था […]