२५ श्रावण २०८३, सोमबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण

१० असार, कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

आउँदो विहीबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने

१० असार, काठमाडौँ । यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ । देशका जनताले आफ्नो बहुमूल्य मत जो बाइडेनलाई दिएर लगातार दोस्रो पटक राष्ट्रपति बनाउने वा यस पटक डोनाल्ड ट्रम्पलाई निर्वाचित गर्छन् त्यो भने पछि नै तय हुने […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

रुपामा‘मौरी घार समृद्धिको आधार’कार्यक्रम

१० असार, कास्की । कास्की जिल्लाको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ । ‘किसानको हातः गाउँपालिकाको साथ’भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष लालसुब्बा गुरुङले बताए । ‘एक घर एक मौरी घार’कार्यक्रमका लागि रु ५२ लाख विनियोजन गरिएको छ । रुपा गाउँपालिकाले चालु […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतमा सुत्केरी विदामा ब्यापक संशोधन, अब महिलालाई १८० दिन विदा

१० असार, काठमाडौँ । भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । रिपोर्टका अनुसार नयाँ नियमहरू केन्द्र सरकारद्वारा अधिसूचित गरिएको छ । बुबालाई पनि १५ दिन बिदा पाउने अधिकार हुनेछ । केन्द्र सरकारले सुत्केरी बिदामा ठूलो परिवर्तन […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको अध्यक्षमा केसी चयन

१० असार,  डुम्रे । सामुदायिक क्याम्पसको छाता सङ्गठन नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको पाँचौँ अधिवेशनले ऋषि केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । व्यास नगरपालिका–१ विज्ञानचौर भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा भएको अधिवेशनबाट आँबुखैरेनी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष केसी सङ्घको अध्यक्ष पदमा चयन भए । सङ्घको उपाध्यक्षमा सिके विके क्याम्पस बन्दीपुर–१ […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

१० असार, गुलरिया । बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकासँग इजरायलअसन्तुष्ट

१० असार, काठमाडौँ । अमेरिकाले इजरायलमा हतियार पठाउन कटौती गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असन्तुष्टि जनाएकाछन् । आइतबार जेरुसेलममा बसेको मन्त्रिपरिषद्को बैठकपछि इजरायलकाप्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै चार महिनाअघिदेखि अमेरिकाबाट इजरायलमाआउने हतियारमा उल्लेख्य कमीआएको बताएकाहुन् । उनले हतियार आपुर्ति बढाउनकालागि अमेरिकीअधिकारीसँग कुरा गरेको पनिउल्लेख गरेका छन् । मेमा, अमेरिकीबाइडेन प्रशासनले इजरायललाई हतियार कटौतीमाकमी गर्ने […]

अर्थ मुख्‍य समाचार समाचार

रामेछाप नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, सडकलाई प्राथमिकता, एक करोड माथिका पाँचवटा योजना

१० असार, रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१\०८२ को लागि ७३ करोडको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाका उपप्रमुख बाला कार्कीले आर्थिक वर्ष २०८१÷०८२ को लागि ७३ करोड  ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएका हुन् । नगरपालिकाले चालु तर्फ ५४ करोड ७ लाख १५ हजार ५ सय रुपैयाँ विनियोजन […]

खेलकुद मुख्‍य समाचार

कोपा अमेरिकामा पानामालाई ३–१ गोल अन्तरले हराउँदै उरुग्वे समुहको शीर्ष स्थानमा

१० असार, काठमाडौं । स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए । फ्लोरिडामा […]

मुख्‍य समाचार समाचार समाज

गाई पालन प्रवर्द्धन गर्न कृषकलाई अनुदान

१० असार, मनहरी । हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक बजेट अनुसार प्रदेश सरकारबाट हस्तान्तरित सःशर्त अनुदान कार्यक्रमबाट ८२ जना पशुपालक कृषकलाई सामग्री वितरण गरिइएको हो । नगर प्रमुख मीनाकुमारी लामाले पशुमा लाग्ने विभिन्न लम्पी, खोरेत रोगको सङ्क्रमणको समयमा आवश्यक […]

मुख्‍य समाचार समाचार

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

१० असार, सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ […]

मुख्‍य समाचार समाचार

मर्चवारमा बहुउद्देशीय सडक निर्माण

१० असार, लुम्बिनी । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा रु २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो । बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन् । “सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ”,कोटहीमाई–४ का राम […]