३१ बैशाख २०८१, सोमबार
बैंक–वित्त

शंखमुलको दोभान पुल नजिक आगलागी, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

१६ वैशाख, काठमाडौं । काठमाडौंको शंखमुलमा आगलागी भएको छ ।

दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन ।

ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्